Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नेपाल एपीएफ स्कूलद्वारा अभिभावक दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना काठमाडौं, नेपाल एपीएफ स्कूल कीर्तिपुरले अभिभावक दिवसको अवसरमा असोज १६ गते विविध कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लव हलमा आयोजित उक्त कार्यक्रमको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयोे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा विद्यालयको गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरुलाई पुरस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा उहाँले आजका बालबालिका भोलीका कर्णधार हुन् भन्नुहुँदै बिद्यार्थीबर्गले उच्च अनुशासनमा रहि शिक्षा आर्जन गर्न मेहनतकासाथ लाग्नुपर्ने बताउनुभयो । बालबालिकाको पहिलो पाठशाला नै घरपरिवार भएको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले विद्यार्थीको मनोभावनालाई बुझेर अभिभावकबर्गले समेत उचित अध्यापन गराउनु जरुरी रहेको बताउनुभयो । उहाँले हरेक अभिभावकले आफ्ना सन्ततीलाई असल शिक्षाका लागि विद्यालय पठाउने गरेको चर्चा गर्नुहँुदै सोही अनुरुप शिक्षक, शिक्षिकाहरुले समेत आफ्ना विद्यार्थीहरुलाई उच्च अनुशासनमा राख्दै आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउनुहुँदै विद्यार्थीबर्गले पनि अथक मेहनत र परिश्रमकासाथ प्रतिस्पर्धाको भावनाले अगाडी बढ्नुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ स्कूलले बिद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न मेहनतका साथ लागिरहेको बताउनुभयो । उहाँले नेपाल एपीएफ स्कुलको स्तरबृद्धिका लागि कीर्तीपुर नगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्नुहुँदै विद्यार्थीहरुको पठन पाठनमा समेत सहजता हुने कुरा बताउनुभयो । कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक युवराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल एपीएफ स्कुलले विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको चर्चा गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपाल, शिक्षक, विद्यार्थी र अभिभावक लगायत सबैको सामुहिक प्रयासमा स्कूलले आगामी दिनहरुमा अझै उत्कृष्ट परिणाम हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, नाटक लगायतका विभिन्न सांस्कृतिक प्रस्तुती गर्नुकासाथै आफुमा निहित प्रतिभाहरु प्रदर्शन गरेका थिए ।
/uploads/news/mEA3iYgqD7i0+6MbES4piQ==.jpg
नेपाल एपीएफ स्कूलद्वारा अभिभावक दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना
काठमाडौं, नेपाल एपीएफ स्कूल कीर्तिपुरले अभिभावक दिवसको अवसरमा असोज १६ गते विविध कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लव हलमा आयोजित उक्त कार्यक्रमको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयोे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा विद्यालयको गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरुलाई पुरस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा उहाँले आजका बालबालिका भोलीका कर्णधार हुन् भन्नुहुँदै बिद्यार्थीबर्गले उच्च अनुशासनमा रहि शिक्षा आर्जन गर्न मेहनतकासाथ लाग्नुपर्ने बताउनुभयो । बालबालिकाको पहिलो पाठशाला नै घरपरिवार भएको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले विद्यार्थीको मनोभावनालाई बुझेर अभिभावकबर्गले समेत उचित अध्यापन गराउनु जरुरी रहेको बताउनुभयो । उहाँले हरेक अभिभावकले आफ्ना सन्ततीलाई असल शिक्षाका लागि विद्यालय पठाउने गरेको चर्चा गर्नुहँुदै सोही अनुरुप शिक्षक, शिक्षिकाहरुले समेत आफ्ना विद्यार्थीहरुलाई उच्च अनुशासनमा राख्दै आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउनुहुँदै विद्यार्थीबर्गले पनि अथक मेहनत र परिश्रमकासाथ प्रतिस्पर्धाको भावनाले अगाडी बढ्नुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ स्कूलले बिद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न मेहनतका साथ लागिरहेको बताउनुभयो । उहाँले नेपाल एपीएफ स्कुलको स्तरबृद्धिका लागि कीर्तीपुर नगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्नुहुँदै विद्यार्थीहरुको पठन पाठनमा समेत सहजता हुने कुरा बताउनुभयो । कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक युवराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल एपीएफ स्कुलले विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको चर्चा गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपाल, शिक्षक, विद्यार्थी र अभिभावक लगायत सबैको सामुहिक प्रयासमा स्कूलले आगामी दिनहरुमा अझै उत्कृष्ट परिणाम हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, नाटक लगायतका विभिन्न सांस्कृतिक प्रस्तुती गर्नुकासाथै आफुमा निहित प्रतिभाहरु प्रदर्शन गरेका थिए ।