सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ |
बर्दिया, बर्दिया जिल्लाको बडैयाताल गाउँपालिका २ फुटाहाबाट भाद्र २४ गते एपीएफ टोलीले करीव २२ वटा नाईट्रोभेट ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया जिल्लाको वाँसगढी नगरपालिका ५ बस्ने १९ वर्षिय बिशाल थारु, १८ वर्षिय विविध थारु र १८ वर्षिय अशोक थारु छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुटाहाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले उनीहलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । |