Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेटबाट भाद्र २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने २७ वर्षिय नरेश चौधरीलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । लु ४८ प ५२४८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज चौधरीले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईजोल्याव १७ वटा, नोफिन १७ वटा, फेनारगन १७ वटा र ब्राउनसुगर २ पोका फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कार्यालय बीरगंजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित ईसाराईलबाट भाद्र २१ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरापलिका ३ बस्ने १९ वर्षिय दिपेन लिम्बु छन् को ३६ प १३२ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा डाईलेक्स १७ बोतल, स्पामो तीन सय ६० वटा र नाईट्रोजन ६० वटा फेला परेपछि पक्राउ गरिएको हो । त्यसेवाल एपीएफ टोलीले उनको साथबाट एक थान मोवाईल सेट र नगद १० हजार ६ सय ६० रुपैयाँ समेत बरामद गरेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेटबाट भाद्र २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने २७ वर्षिय नरेश चौधरीलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । लु ४८ प ५२४८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज चौधरीले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईजोल्याव १७ वटा, नोफिन १७ वटा, फेनारगन १७ वटा र ब्राउनसुगर २ पोका फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कार्यालय बीरगंजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित ईसाराईलबाट भाद्र २१ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरापलिका ३ बस्ने १९ वर्षिय दिपेन लिम्बु छन् को ३६ प १३२ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा डाईलेक्स १७ बोतल, स्पामो तीन सय ६० वटा र नाईट्रोजन ६० वटा फेला परेपछि पक्राउ गरिएको हो । त्यसेवाल एपीएफ टोलीले उनको साथबाट एक थान मोवाईल सेट र नगद १० हजार ६ सय ६० रुपैयाँ समेत बरामद गरेको छ ।