सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
नारायणी नदिमा हाम फालेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार |
चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदिमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको छ । सोही जिल्लाको खैरहनी नगरपालिका ९ बस्ने २० वर्षिय मनिष महतो उक्त नदिमा हाम फालेका थिए । सो बारे जनाकारी पाए लगत्तै नारयणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करीव १ किलोमिटर तल नदिको बीचबाट जिवितै उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाईएको छ । |