Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम उद्घाटनकाठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा साउन २९ गतेदेखि सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम संचालन भएको छ । उक्त तालिम सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सोही अवसरमा उहाँले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले तालिम अवधिमा सिक्ने र सिकाउछु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने कार्यक्षेत्रमा आईपर्ने जुनसुकै चुनौतीलाई पनि सामना गर्न सकिने बताउनुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले दर्जासँगै बढेको जिम्मेवारी पुरा गर्न तालिम अपरिहार्य रहेको बताउनुहुँदै तालिममा सहभागी अधिकृतहरु अनुशासित, इमान्दारिता र कर्तव्यनिष्ठ भई पुरा गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो । १२ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षकबाट बढुवा हुनुभएका १०३ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।
/uploads/news/EB06kZ5kbHWgudPrE62EJA==.jpg
सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम उद्घाटन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा साउन २९ गतेदेखि सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम संचालन भएको छ । उक्त तालिम सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सोही अवसरमा उहाँले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले तालिम अवधिमा सिक्ने र सिकाउछु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने कार्यक्षेत्रमा आईपर्ने जुनसुकै चुनौतीलाई पनि सामना गर्न सकिने बताउनुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले दर्जासँगै बढेको जिम्मेवारी पुरा गर्न तालिम अपरिहार्य रहेको बताउनुहुँदै तालिममा सहभागी अधिकृतहरु अनुशासित, इमान्दारिता र कर्तव्यनिष्ठ भई पुरा गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो । १२ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षकबाट बढुवा हुनुभएका १०३ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।