Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट ‘स्पेसलाईज्ड ट्रेनिङ्ग मेटेरियल्स फर यूएन पुलिस’ प्रशिक्षक प्रशिक्षण तालिम समापनकाठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालितFirst Asian United Nations Training of Trainers Course for the New Specialized Training Materials for UN Police (UNPOL STM 2021) प्रशिक्षक प्रशिक्षण तालिमको साउन ६ गते सोही प्रतिष्ठानमा आयोजित एक समारोहका बीच समापन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले The Integrated Training Service (ITS) of the Department of Peace Operations (DPO) / The US Department of State Bureau of International Narcotics and Law Enforcement Affairs (INL) को सहकार्यमा सो प्रतिष्ठानले तालिम संचालन गरी सफलतापूर्वक सम्पन्न गराएकोमा सशस्त्र प्रहरी बल नेपालको छबि उच्च राख्न महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता तालिमले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ मिसनको लागि जाने अधिकारीहरुको तैनाथी पूर्व तालिम प्रदान गरी क्षमता अभिबृद्धि गर्न थप मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले तालिमको दौरानमा सहभागी सदस्य राष्ट्रका प्रशिक्षार्थीहरु बीच उत्साहजनक छलफल र एक आपसमा ज्ञानको आदान–प्रदान भएको र यसले संयुक्त राष्ट्रसंघको म्याण्डेटमा रहेर द्वन्द्वग्रष्त मुलुकमा शान्ति सुरक्षा बहाली गर्न तथा मानव सेवा कार्यमा खटिईने अधिकारीहरुलाई थप टेवा पुग्ने समेत उल्लेख गर्नुभयो । दश दिनसम्म संचालन भएको उक्त प्रशिक्षक प्रशिक्षण तालिममा नेपाल, अष्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, किर्गिज गणतन्त्र, मलेसिया, मंगोलिया, श्रीलंका र टर्की गरी ९ देशका कुल २४ जना प्रहरी अधिकृतहरु सहभागी रहेका थिए । कार्यक्रममा यूएस एम्बेसीका विशेष अतिथि म्यानुयल पी. मिकलर जुनियर, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, अष्ट्रेलियन एम्बेसीका प्रतिनिधि पावल म्याकअर्न, प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ्ग, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु बंशीराज दाहाल र कालिदास धौवजी, The Integrated Training Service (ITS) का प्रशिक्षकहरु लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।
/uploads/news/+Fj+KkyKaTzxUthwKrxD2w==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट ‘स्पेसलाईज्ड ट्रेनिङ्ग मेटेरियल्स फर यूएन पुलिस’ प्रशिक्षक प्रशिक्षण तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालितFirst Asian United Nations Training of Trainers Course for the New Specialized Training Materials for UN Police (UNPOL STM 2021) प्रशिक्षक प्रशिक्षण तालिमको साउन ६ गते सोही प्रतिष्ठानमा आयोजित एक समारोहका बीच समापन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले The Integrated Training Service (ITS) of the Department of Peace Operations (DPO) / The US Department of State Bureau of International Narcotics and Law Enforcement Affairs (INL) को सहकार्यमा सो प्रतिष्ठानले तालिम संचालन गरी सफलतापूर्वक सम्पन्न गराएकोमा सशस्त्र प्रहरी बल नेपालको छबि उच्च राख्न महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता तालिमले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ मिसनको लागि जाने अधिकारीहरुको तैनाथी पूर्व तालिम प्रदान गरी क्षमता अभिबृद्धि गर्न थप मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले तालिमको दौरानमा सहभागी सदस्य राष्ट्रका प्रशिक्षार्थीहरु बीच उत्साहजनक छलफल र एक आपसमा ज्ञानको आदान–प्रदान भएको र यसले संयुक्त राष्ट्रसंघको म्याण्डेटमा रहेर द्वन्द्वग्रष्त मुलुकमा शान्ति सुरक्षा बहाली गर्न तथा मानव सेवा कार्यमा खटिईने अधिकारीहरुलाई थप टेवा पुग्ने समेत उल्लेख गर्नुभयो । दश दिनसम्म संचालन भएको उक्त प्रशिक्षक प्रशिक्षण तालिममा नेपाल, अष्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, किर्गिज गणतन्त्र, मलेसिया, मंगोलिया, श्रीलंका र टर्की गरी ९ देशका कुल २४ जना प्रहरी अधिकृतहरु सहभागी रहेका थिए । कार्यक्रममा यूएस एम्बेसीका विशेष अतिथि म्यानुयल पी. मिकलर जुनियर, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, अष्ट्रेलियन एम्बेसीका प्रतिनिधि पावल म्याकअर्न, प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ्ग, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु बंशीराज दाहाल र कालिदास धौवजी, The Integrated Training Service (ITS) का प्रशिक्षकहरु लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।