Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला |
सिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १९ किरियानी स्थित सहजा खोलामा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीले असार २० गते फेला पारेको छ । सोही ठाउँ बस्ने ७ वर्षिय करण राय उक्त खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहा र बिओपी लगडीगधियानीबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले खोजीकार्य गर्दा उनको शव घटनास्थल नजिकै पानीमा डुवेको अवस्थामा फेला पारेको हो । |