Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट प्रथम समादेशक कार्यशाला गोष्ठी समापनकाठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा आयोजित दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को असार ९ गते एक समारोहका बीच समापन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम मानवसंसाधन विकासको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, सो प्रतिष्ठान तथा तालिम शिक्षालयहरुको विशेष भूमिका रहने उल्लेख गर्नुहुँदै सो प्रतिष्ठानले तालिम शिक्षालयहरुमा संचालन हुने तालिमहरुको गुणस्तर र प्रभावकारिता अभिबृद्धिमा खेलेको भूमिकाको समेत प्रशंसा गर्नुभयो । उहाँले प्रथम पटक आयोजित सो गोष्ठी सफलतापूर्वक सम्पन्न गरेकोमा प्रतिष्ठान परिवारप्रति आभार प्रकट गर्नुहुँदै निकट भविष्यमा संचालन हुने बरिष्ठ अधिकृत सम्मेलनमा प्रस्तुत गरिने तालिम सम्बन्धी एजेण्डा तय गर्न गोष्ठीबाट आएको निचोड महत्वपूर्ण हुने र प्राप्त निष्कर्षलाई तत्कालै कार्यान्वयनमा लगिने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षकहरुको मनोवल उच्च राख्न उहाँहरुको थप सुविधाका लागि संगठनले पहल गर्ने चर्चा गर्नुहुँदै उच्च मोरालमा रहि सकारात्मक सोचका साथ सबैले आ–आफ्नो ठाउँबाट सांगठनिक बिकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । हाल संचालन भईरहेका तालिमहरु, तालिम पाठ्यक्रम, तालिम पूर्वाधार, प्रशिक्षक प्रशिक्षार्थीहरुको व्यवस्थापन, तालिममा प्रशिक्षण गराईने विषयहरु, प्रशिक्षण विधि, मूल्यांकन प्रणाली, तालिम शिक्षालयहरुको विशिष्टिकरण तथा स्तरोन्नती, उपलब्ध भौतिक पूर्वाधारहरुको दिगो संरक्षण तथा विकास, आत्मनिर्भर तालिम शिक्षालय, तालिम अभिलेख व्यवस्थापन प्रणाली, तालिम क्यालेण्डर, तालिम निर्देशिका लगायतका कार्यहरु समयानुकुल, बैज्ञानिक र व्यवहारिक बनाउने उद्देश्यले आयोजित सो गोष्ठीमा सहभागि समादेशकहरुबाट प्रस्तुतीकरण भएका विषयरुमा छलफल र अन्तरक्रियाबाट विस्तृत प्रतिवेदन तयार गरिएको हो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ ईन्टेलिजेन्स तालिम समापन गर्नुका साथै प्रशिक्षार्थी अधिकृतहरुलाई तालिमबाट प्राप्त ज्ञानको उच्चतम प्रयोग गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा पूर्ण व्यवसायिक भई परिचालित हुन निर्देशन दिनुभयो । ८ हप्ता अवधिको उक्त तालिम २६ जना सिनियर अधिकृतहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा ए.पी.एफ. कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने लगायत सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालयहरुका समादेशक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/8BX9QY4GzEVo79MSBrx8gg==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट प्रथम समादेशक कार्यशाला गोष्ठी समापन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा आयोजित दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को असार ९ गते एक समारोहका बीच समापन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम मानवसंसाधन विकासको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, सो प्रतिष्ठान तथा तालिम शिक्षालयहरुको विशेष भूमिका रहने उल्लेख गर्नुहुँदै सो प्रतिष्ठानले तालिम शिक्षालयहरुमा संचालन हुने तालिमहरुको गुणस्तर र प्रभावकारिता अभिबृद्धिमा खेलेको भूमिकाको समेत प्रशंसा गर्नुभयो । उहाँले प्रथम पटक आयोजित सो गोष्ठी सफलतापूर्वक सम्पन्न गरेकोमा प्रतिष्ठान परिवारप्रति आभार प्रकट गर्नुहुँदै निकट भविष्यमा संचालन हुने बरिष्ठ अधिकृत सम्मेलनमा प्रस्तुत गरिने तालिम सम्बन्धी एजेण्डा तय गर्न गोष्ठीबाट आएको निचोड महत्वपूर्ण हुने र प्राप्त निष्कर्षलाई तत्कालै कार्यान्वयनमा लगिने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षकहरुको मनोवल उच्च राख्न उहाँहरुको थप सुविधाका लागि संगठनले पहल गर्ने चर्चा गर्नुहुँदै उच्च मोरालमा रहि सकारात्मक सोचका साथ सबैले आ–आफ्नो ठाउँबाट सांगठनिक बिकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । हाल संचालन भईरहेका तालिमहरु, तालिम पाठ्यक्रम, तालिम पूर्वाधार, प्रशिक्षक प्रशिक्षार्थीहरुको व्यवस्थापन, तालिममा प्रशिक्षण गराईने विषयहरु, प्रशिक्षण विधि, मूल्यांकन प्रणाली, तालिम शिक्षालयहरुको विशिष्टिकरण तथा स्तरोन्नती, उपलब्ध भौतिक पूर्वाधारहरुको दिगो संरक्षण तथा विकास, आत्मनिर्भर तालिम शिक्षालय, तालिम अभिलेख व्यवस्थापन प्रणाली, तालिम क्यालेण्डर, तालिम निर्देशिका लगायतका कार्यहरु समयानुकुल, बैज्ञानिक र व्यवहारिक बनाउने उद्देश्यले आयोजित सो गोष्ठीमा सहभागि समादेशकहरुबाट प्रस्तुतीकरण भएका विषयरुमा छलफल र अन्तरक्रियाबाट विस्तृत प्रतिवेदन तयार गरिएको हो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ ईन्टेलिजेन्स तालिम समापन गर्नुका साथै प्रशिक्षार्थी अधिकृतहरुलाई तालिमबाट प्राप्त ज्ञानको उच्चतम प्रयोग गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा पूर्ण व्यवसायिक भई परिचालित हुन निर्देशन दिनुभयो । ८ हप्ता अवधिको उक्त तालिम २६ जना सिनियर अधिकृतहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा ए.पी.एफ. कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने लगायत सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालयहरुका समादेशक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।