Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नेपाली सेनाद्धारा सशस्त्र प्रहरी बल, नेपाललाई हतियार हस्तान्तरणकाठमाडौं, नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७८ चैत्र २४ गतेको निर्णयानुसार नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई १० हजार ६ सय नाल हतियार हस्तान्तरण गर्ने भएको छ । जंगी अड्डामा आईतबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी प्रभूराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कुल ईन्सास राईफल ९ हजार तथा लाईट सपोट वेपन (एल.एस.डब्ल.) १६ सय नाल गरी जम्मा १० हजार ६ सय नाल हतियार मध्ये आईतबार पहिलो चरणमा ईन्सास ५ सय तथा लाईट सपोट वेपन ९० नाल हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा स्वागत मन्तब्य राख्नुहँुदै उपरथी असोकराज सिग्देल क्षेत्रीले यसबाट सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने र सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिबृद्धिमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली सेनाको तर्फबाट हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका महासेनानी पूर्ण प्रसाद ढकाल र सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले हतियार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त हतियार रक्षा सचिब किरणराज शर्मा तथा गृह सचिब टेकनारायण पाण्डेको उपस्थितिमा हस्तान्तरण भएको हो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा तथा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकद्धय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।
/uploads/news/B6RSmOoRV81IJekkk9EdPA==.jpg
नेपाली सेनाद्धारा सशस्त्र प्रहरी बल, नेपाललाई हतियार हस्तान्तरण
काठमाडौं, नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७८ चैत्र २४ गतेको निर्णयानुसार नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई १० हजार ६ सय नाल हतियार हस्तान्तरण गर्ने भएको छ । जंगी अड्डामा आईतबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी प्रभूराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कुल ईन्सास राईफल ९ हजार तथा लाईट सपोट वेपन (एल.एस.डब्ल.) १६ सय नाल गरी जम्मा १० हजार ६ सय नाल हतियार मध्ये आईतबार पहिलो चरणमा ईन्सास ५ सय तथा लाईट सपोट वेपन ९० नाल हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा स्वागत मन्तब्य राख्नुहँुदै उपरथी असोकराज सिग्देल क्षेत्रीले यसबाट सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने र सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिबृद्धिमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली सेनाको तर्फबाट हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका महासेनानी पूर्ण प्रसाद ढकाल र सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले हतियार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त हतियार रक्षा सचिब किरणराज शर्मा तथा गृह सचिब टेकनारायण पाण्डेको उपस्थितिमा हस्तान्तरण भएको हो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा तथा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकद्धय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।