Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ

काठमाडौं,
        कञ्चनपुर जिल्लाको बेलौरंी नगरपालिका ६ नकैयास्थित सीमा ईलाकाबाट फागुन
२४ गते सशस्त्र प्रहरीले ४५ वटा नाईट्रोभेट ट्याब्लेटसहित दुई जनालाई
पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेलडाँडी गाउँपालिका १ बस्ने २२ बर्षिय
राकेश चन्द र १९ बर्षिय प्रकाश सिंह छन् ।
        से १ प ६६५५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी बेलौरीबाट खटिएको सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको
हो ।
        यसैगरी सप्तरी जिल्लाको शम्भूनाथ नगरपालिका ५ स्थित मोहनपुर ईलाकाबाट
फागुन २३ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही ठाउँ
बस्ने २५ बर्षिय सरोज कुमार दासलाई पक्राउ गरेको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश कडरवानाबाट खटिएको सशस्त्र
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज दासलाई शंका लागि जाँच गर्दा
त्यसबेला उनको साथमा लिजेसिक २ बोतल, डाईजेपाम २ बोतल र प्रोमेथाजिन २
बोतल तथा नगद ३ हजार १ सय ५० नेपाली रुपैयाँ फेला पारेको हो ।
        त्यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट
फागुन २३ गते सशस्त्र प्रहरीले २ बोतल कोडीलसहित बारा जिल्लाको अम्लेखगंज
गाउँपालिका ७ बस्ने ३० बर्षिय सुवास रुम्बा लाई पक्राउ गरेको छ ।
        प्रदेश नम्बर ०२–०२४ प ५६६८ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै
गरेका निज रुम्बालाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी वीरगंजबाट खटिएको
सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला
पारेको हो ।
        पक्राउ परेकाहरुलाई बरामद लागूऔषध, नगद, मोटरसाईकल तथा स्कुटरसहित
आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }