Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा समर्पित रहन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुखको जिम्मेवारी पाई कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई शुक्रबार समसामयिक निर्देशन दिनुभयो । त्यसअवसरमा उहाँले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध रहँदै राज्यले सुम्पिएको जिम्मेवारीका क्षेत्रहरु लगायत कोभिड–१९ महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहि आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले फिल्ड लेवलका कमाण्डरहरुको व्यावसायिक र उत्कृष्ट कार्यसम्पादन तथा नेतृत्वबाट संगठनिक विकासमा योगदान पुग्नुकोसाथै फौजी संस्कार निर्माण तथा उच्चस्तरको सेवा प्रवाहमा समेत सघाउ पुग्ने बताउनुभयो । उहाँले कमाण्डर तहका अधिकृतहरु निरन्तर अध्ययन, सुरक्षा चुनौतीहरुको विश्लेषण गर्दै भावी योजना बनाई सामुहिक भावनाकासाथ फौजी अनुशासन र चेन अफ कमाण्डमा रहेर आफु मातहतका कर्मचारीहरुलाई समेत प्रशिक्षण गर्नुकासाथै उनीहरुलाई उत्प्रेरित तथा परिचालन गर्र्दै राज्य प्रदत्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्नेतर्फ कटिवद्व रहने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् पीडित नागरिकहरुको उद्वार, चोरीपैठारी निकासी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा सकृयताकासाथ खटिई राजस्व बृद्धिमा योगदान पु¥याउँदै काउन्टर पार्टस् तथा राज्यका विभिन्न संवद्ध निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै अगाडी बढ्न राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सो समारोहमा कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. र मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/XIch3VMZvmjaHXJ0CHXHdQ==.jpg
राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा समर्पित रहन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुखको जिम्मेवारी पाई कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई शुक्रबार समसामयिक निर्देशन दिनुभयो । त्यसअवसरमा उहाँले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध रहँदै राज्यले सुम्पिएको जिम्मेवारीका क्षेत्रहरु लगायत कोभिड–१९ महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहि आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले फिल्ड लेवलका कमाण्डरहरुको व्यावसायिक र उत्कृष्ट कार्यसम्पादन तथा नेतृत्वबाट संगठनिक विकासमा योगदान पुग्नुकोसाथै फौजी संस्कार निर्माण तथा उच्चस्तरको सेवा प्रवाहमा समेत सघाउ पुग्ने बताउनुभयो । उहाँले कमाण्डर तहका अधिकृतहरु निरन्तर अध्ययन, सुरक्षा चुनौतीहरुको विश्लेषण गर्दै भावी योजना बनाई सामुहिक भावनाकासाथ फौजी अनुशासन र चेन अफ कमाण्डमा रहेर आफु मातहतका कर्मचारीहरुलाई समेत प्रशिक्षण गर्नुकासाथै उनीहरुलाई उत्प्रेरित तथा परिचालन गर्र्दै राज्य प्रदत्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्नेतर्फ कटिवद्व रहने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् पीडित नागरिकहरुको उद्वार, चोरीपैठारी निकासी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा सकृयताकासाथ खटिई राजस्व बृद्धिमा योगदान पु¥याउँदै काउन्टर पार्टस् तथा राज्यका विभिन्न संवद्ध निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै अगाडी बढ्न राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सो समारोहमा कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. र मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।