संघकी नवनियुक्त अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यूको पदावली पश्चात् अध्यक्षज्यूको साथमा अन्य संघका पदाधिकारीज्यूहरु ।
संघकी पूर्व अध्यक्ष श्रीमती सरिता श्रेष्ठज्यू लगायत संघका पूर्व उपाध्यक्षद्बय श्रीमती आशा शाहीज्यू र मुना ओझाज्यूलाई संघद्वारा बिदाई पश्चात् सामुहिक फोटो ।
सशस्त्र प्रहरी परिवार महिला संघको १७ औं वार्षिकोत्सवको अबसरमा बगलामुखी मन्दिरमा पूजा गर्नुहुँदै संघकी अध्यक्षज्यू ।
सशस्त्र प्रहरी परिवार महिला संघको १७ औं वार्षिकोत्सवको अबसरमा स्वयम्भूनाथ स्तुपामा भएको द्बिप प्रज्वलन कार्यक्रममा वीर शहिदहरुको आत्माशान्तीको लागी परेवा उडाउनुहुँदै संगठन प्रमुखज्यूका साथ संघकी अध्यक्षज्यू ।
सशस्त्र प्रहरी परिवार महिला संघको १७ औं वार्षिकोत्सवको अबसरमा बिभिन्न जनचेतना मूलक नाराहरु सहित निकालिएको प्रभातफेरी कार्यक्रममा संघकी अध्यक्षज्यू लगायत अन्य सहभागीहरु ।
सशस्त्र प्रहरी परिवार महिला संघको १७ औं वार्षिकोत्सवको समापन कार्यक्रममा संघका पदाधिकारीज्यूहरु लगायत अन्य सहभागीहरु ।
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा प्रत्येक महिनाको पहिलो शनिबार बागमती सरसफाईको महान अभियानमा सहभागिता जनाउने क्रममा संगठन प्रमुखज्यू तथा संघकी अध्यक्षज्यूका साथ अन्य सहभागीहरु ।
१८ औं सशस्त्र प्रहरी दिबस-२०७५ को बिशेष समारोहमा प्रमुख अतिथि सम्माननिय प्रधानमन्त्रीज्यूलाई स्वागत गर्नुहुँदै संघकी अध्यक्षज्यू ।
१८ ‍औं सशस्त्र प्रहरी दिबस-२०७५ को बिशेष समारोहको अबसरमा नेपाल ए.पि.एफ. अस्पताल बलम्बुमा बेड भर्ना भई उपचार गराईरहेका बिरामीहरुलाई फलफुल बितरण गर्नुहुँदै संगठन प्रमुख स.प्र.म.नि.शैलेन्द्र खनाल ज्यू र संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यू ।

परिचय

सशस्त्र प्रहरी बलमा कार्यरत राष्ट्रसेवकहरुका धर्मपत्नीहरु संगठित भई सामाजिक सेवा¸ विभिन्न दैवी विपत्तिहरुमा परेका पीडितहरु¸ उद्दार¸ सामाजिक विकृतिहरु उन्मुलन एवं समाजमा पिछिडिएका वर्गहरुको उत्थान¸ शिक्षा स्वास्थ्य¸ खेलकुद लगायत अन्य विविध कार्यहरुमा संलग्न रही नेपाल राष्ट्रको सर्वाङ्गीण विकासमा नारी जातिले खेल्ने भूमिकालाई थप उर्जा प्रदान गर्ने उद्देश्य राखी मिति २०५९ आषाढ १७ गते “सशस्त्र प्रहरी परिवार महिला संघ” समाज कल्याण परिषद् मा दर्ता भई विधिवत् रुपमा स्थापना भएको मुनाफा रहित संस्था हो । यसको मूख्य कार्यालय सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुको हाता बाहिर रहेको भवनमा छ । स्थापना कालदेखि नै यस संस्थाले विविध किसिमका सीपमूलक तालिम¸ स्वास्थ्य शिविरको आयोजना¸ वृद्धाश्रमहरुलाई वार्षिक तथा अर्ध-वार्षिक रुपमा सहयोग¸ वीरगति प्राप्त अमर सशस्त्र प्रहरी तथा कर्तव्य पालनका शिलशिलामा ज्यान गुमाउने सशस्त्र प्रहरीका सन्तानहरुलाई आवासीय रुपमा छात्रवृत्ति¸ निजका परिवारलाई विविध सीपमूलक र आयमूलक तालिम प्रदान गर्ने तथा अन्य आर्थिक सहयोग संचालन गर्दै आईरहेको छ ।

Chief President

Sarita Khanal

President,Family Women's Association

गतिविधीहरु

उद्देश्य

  • १. समाज कल्याण परिषद्द्धारा संचालन गरिएका विभिन्न आयोजनाहरुमा सघाउ पुर्यारउने ।
  • २. अधिराज्यभर दैवी प्रकोप अथवा असामान्य बेलामा उद्धार वा राहत सेवा पुर्या उने ।
  • ३. सामाजिक सेवामा योगदान पुर्यानउने ।
  • ४. कमजोर स्तरका भूतपूर्व र बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारहरुलाई शिक्षा दिक्षा तथा स्वास्थ्य उपचारको व्यवस्थामा सहयोग पुर्यारउने ।
  • ५. शोषित पीडित महिलाहरुलाई आवश्यक सहयोग गर्ने ।
  • ६. विभिन्न स्वदेशी तथा विदेशी संघ संस्थाहरुसंग समन्वय र सम्पर्क बढाई संघको चिनारी गराउने तथा सो को विकास एवं विस्तारका लागि सहयोग विचार विमर्श आदान प्रदान गर्ने ।
  • ७. बहालवाला¸ भूतपूर्व सशस्त्र प्रहरी तथा जन साधारणका असहाय जेहेन्दार सन्ततीका लागि स्वदेश वा विदेशमा छात्रवृत्ति उपलब्ध गराउने ।
  • ८. सशस्त्र प्रहरी परिवार महिला संघको विकास¸ संवर्धन तथा संहारलाई निरन्तरता दिने ।
  • ९. प्रौढ शिक्षा¸ महिला सीप विकास¸ बालबालिकाहरुको स्याहार संभार जस्ता कार्यक्रम स्वयम् वा संयुक्त प्रयासबाट संचालन गर्ने ।
  • १०. सशस्त्र प्रहरी परिवार महिला संघको उद्देश्य परिपूर्ति गर्नका लागि स्वदेशी¸ विदेशी¸ सहकारी¸ गैह्र सहकारी संघ संस्था तथा व्यक्तिहरुबाट प्राप्त सेवा सहयोग प्राप्त गरी सोही अनुरुप व्यवस्था मिलाउने ।
  • ११. सशस्त्र प्रहरी परिवार महिला संघको विकास गर्नको लागि सेवामूलक उद्देश्यबाट अभिप्रेरित भएर क्षेत्रीय स्तर सम्म विभिन्न संघ संस्था तथा निकायसँग समन्वय गरी विस्तार गर्ने ।
  • १२. विस्तारको क्रममा क्षेत्रीय रुपमा देखा परेका समस्याहरुको निराकरण गर्नका लागि विभिन्न संघ संस्था तथा निकायहरुसँग समन्वय राखी छलफल¸ गोष्ठी जस्ता कार्यक्रम संचालन गर्ने ।

संघद्वारा संचालन गरिने कल्याणकारी कार्य

  • १. सशस्त्र प्रहरी परिवार महिला संघको विकास सँग सँगै वीरगति प्राप्त सशस्त्र प्रहरी बलका सन्तती¸ बहालवाला सशस्त्र प्रहरी बलका असाधारण प्रतिभाशाली सन्तती र भूतपूर्व सशस्त्र प्रहरी तथा जन साधारणका असहाय जेहेन्दार सन्ततीहरुलाई पनि संघले उचित ठानेमा शिक्षा हासिल गराउन छात्रवृत्ति उपलब्ध गराउँदै लाने ।
  • २. राष्ट्रिय समारोह¸ नेपाल सरकारबाट तोकिएको विशेष समारोह तथा सशस्त्र प्रहरी बलका समारोहमा सक्रिय रुपले भाग लिने ।
  • ३. विशेष मेला पर्व आदिमा स्वयम् सेविकाको कार्य गर्ने ।
  • ४. सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रको कल्याण कोष अन्तर्गत संचालन गरिने योजनाहरु जस्तै सशस्त्र प्रहरी विद्यालय¸ सशस्त्र प्रहरी अस्पताल¸ होजियारी आदिमा स्वयम् सेविकाको रुपमा काम गर्ने तथा त्यहाँ संचालन भैरहेको काम कर्तव्यको सुपरीवेक्षण गर्ने ।
  • ५. विभिन्न सामाजिक रचनात्मक कार्य संचालन गर्ने ।
    • क) रक्तदान ।
    • ख) वृक्षारोपण कार्यक्रम ।
    • ग) पर्यावरण र वातावरण सुरक्षा सम्बन्धी कार्यक्रमहरु ।
    • घ) सामाजिक विकृतिहरुको सम्बन्धमा सर्वसाधारण जनतामा जनचेतना जगाउने कार्यक्रमहरु संचालन गर्ने ।
    • ङ) स्वास्थ्य र सरसफाई सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरु संचालन गर्ने ।
  • ६. राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट यस संघको हितको लागि विशिष्ट योगदान पुर्या्उने व्यक्ति तथा संघ संस्थालाई सशस्त्र प्रहरी परिवार महिला संघको तर्फबाट सम्मान प्रदान गर्ने ।
  • ७. सशस्त्र प्रहरी परिवार महिला संघको कोष वृद्धि गराउन¸ मेला विक्री वितरण स्टल¸ सांस्कृतिक कार्यक्रम¸ च्यारिटी सो¸ चिठ्ठा वितरण (नेपाल सरकारको पूर्व स्वीकृति लिई) आदि क्रियाकलाप समेत गर्ने गराउने ।
  • ८. गृह सजावट¸ पाक शास्त्र¸ सिलाई बुनाई जस्ता कुशल गृहिणी बन्नका लागि आवश्यक विषयहरुको विचार आदान प्रदान गर्ने र प्रशिक्षण दिने ।
  • ९. सामाजिक विकृतिलाई निरुत्साहित पारी समाजमा विद्यमान लागू औषध तथा मनोदीपक पदार्थ सेवन गर्ने दुर्व्यसनीको उपचार तथा सुधारका लागि आवश्यकता अनुसार राज्यका विभिन्न स्थानहरुमा सुधार आश्रम खोल्ने¸ सो खोलिएका आश्रमको उद्देश्य¸ स्थापना र संचालन प्रक्रिया तथा प्रशासकीय कार्य तथा आय व्ययको हिसाव राख्ने¸ संचालन समितिको व्यवस्था जस्ता काम कारवाहीहरु सशस्त्र प्रहरी परिवार महिला संघका कार्यकारिणी समितिले गर्ने ।
  • १०. आवश्यकता अनुसार आश्रमको आन्तरिक कार्य संचालन गर्न सशस्त्र प्रहरी परिवार महिला संघको कार्यकारिणी समितिको बहुमतको अनुमोदनमा कार्य व्यवस्था सम्बन्धी नियम बनाउने र सोही नियम अनुसार कार्य व्यवस्था गर्ने ।
  • ११. यस्तै अन्य सामाजिक अपराधको रोकथामको लागि समय सापेक्ष कार्यक्रम तर्जुमा गरी लागू गर्ने ।
  • १२. सामाजिक दृष्टिबाट उत्पीडित तथा शोषित महिलाहरुको हितको लागि सम्बन्धित सशस्त्र प्रहरी कार्यालय वा संघ संस्थासँग समन्वय राखी आवश्यक सर-सल्लाह एवं सहयोग प्रदान गर्ने ।

कार्यकारिणी समिति

सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु

सि.नं. पद नामथर
१. अध्यक्ष श्रीमती सरिता कणेल खनाल
२. उपाध्यक्ष श्रीमती ज्योती के.सी.
३. उपाध्यक्ष श्रीमती सिता थापा
४. उपाध्यक्ष श्रीमती दिपा पौडेल
५. सदस्य-सचिव श्रीमती सरस्वती पाण्डे
६. कोषाध्यक्ष श्रीमती सुनिता श्रेष्ठ
७. सह-सचिव श्रीमती सावित्री पौडेल
८. सह-कोषाध्यक्ष श्रीमती लक्ष्मी श्रेष्ठ पोख्रेल
९. सदस्य श्रीमती रेणु थापा
१०. सदस्य श्रीमती शान्ति पौडेल
११. सदस्य श्रीमती टिका पोखरेल
१२. सदस्य श्रीमती ओम कु. थापा मगर
१३. सदस्य श्रीमती सुशीला देवी गैह्रे
१४. सदस्य श्रीमती शिला मल्ल
१५. सदस्य श्रीमती प्रार्थना के.सी. थापा
१६. सदस्य श्रीमती लक्ष्मी अधिकारी
१७. सदस्य श्रीमती प्रतिभा हमाल

संघका पूर्व अध्यक्षहरु

संस्थापक अध्यक्ष स्व. नुडुप श्रेष्ठ

वि.सं. २०५९/०३/१७ - वि.सं. २०५९/१०/१२

श्रीमती कल्पना थापा

वि.सं. २०५९/१०/१२ - वि.सं. २०६३/०१/२८

श्रीमती शान्ति वली

वि.सं. २०६३/०१/२९ - वि.सं. २०६६/०१/२०

श्रीमती रत्ना बस्नेत

वि.सं. २०६६/०१/२१ - वि.सं. २०६८/०३/३१

श्रीमती दीपा थापा

वि.सं. २०६८/०४/०१ - वि.सं. २०६८/०४/१४

श्रीमती डा. अनारकली (पिया) श्रेष्ठ

वि.सं. २०६८/०४/१५ - वि.सं. २०६८/१२/२८

श्रीमती ई. रमा वन्त (राजभण्डारी)

वि.सं. २०६८/१२/२९ - वि.सं. २०७२/०९/०२

श्रीमती शिला राई

वि.सं. २०७२/०९/०३ - वि.सं. २०७३/११/०३

श्रीमती सरिता श्रेष्ठ

वि.सं. २०७३/११/०४ - वि.सं. २०७४/१२/२८

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्षज्यूको पदवहाली

  • संघकी नवनियुक्त अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यूको पदावली पश्चात् अध्यक्षज्यूको साथमा अन्य संघका पदाधिकारीज्यूहरु ।

  • संघकी नबनियुक्त अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यूलाई संघमा स्वागत गर्नुहुँदै संघका पदाधिकारीज्यूहरु ।

  • संघमा आफ्नो पदभार ग्रहण गर्नुहुँदै संघकी नबनियुक्त अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यू ।

संघबाट संचालित विविध गतिविधीहरु

  • १. मिति २०७४/१२/२९ गते विहिवार सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यूको पदवाहालीको कार्यक्रम सम्पन्न गरिएको थियो ।
  • २. मिति २०७५/०६/०२ गते आईतबार पूर्व अध्यक्ष श्रीमती सरिता श्रेष्ठज्यू तथा पूर्व उपाध्यक्षज्यूहरु श्रीमती मूना ओझाज्यू र श्रीमती आशा शाहीज्यूहरुलाई संघद्बारा विदाई गरिएको थियो ।
  • ३. मिति २०७५/०२/२१ गते सोमबारका दिन योगा प्रशिक्षक डा.राजु अधिकारीज्यूद्बारा संघका पदाधिकारीज्यूहरुको लागि Meditation and Healing कार्यक्रम संचालन गरिएको थियो ।
  • ४. मिति २०७५/०२/२२ गते मंगलबार विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बल¸ नेपाल¸ प्रधान कार्यालयमा आयोजना भएको वृक्षारोपण कार्यक्रममा संघका पदाधिकारीज्यूहरुको सहभागीता रहेको थियो ।
  • ५. मिति २०७५/०२/२३ गते बुधबार श्रद्धेय संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक श्रीमान् शैलेन्द्र खनालज्यूलाई संघद्बारा स्वागत कार्यक्रम गरिएको थियो ।
  • ६. मिति २०७५/०३/०२ गते शनिबारका दिन संघका पदाधिकारीज्यूहरु तथा स.प्र.बल¸ नेपालका कर्मचारीहरुको प्रत्यक्ष सहभागीतामा बागमती सर-सफाई कार्यक्रम गरिएको थियो ।
  • ७. मिति २०७५/०३/१६ गते बिहान ७:०० बजे संघको १७औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।उक्त प्रभातफेरी कार्यक्रम न्यूरोड गेटबाट सुरु भई विशाल बजार¸ ठमेल¸ बाङ्गे मुडा¸ ईन्द्र चोक हुँदै बाद्य भैरव गुल्ममा गई अन्त्य भएको थियो ।
  • ८. मिति २०७५/०३/१६ गते शनिबार बेलुका १९:०० बजे संघको १७औं वार्षिकोत्सवको अवसरमा वीरगती प्राप्त ज्ञात अज्ञात वीर शहीदहरुको आत्मशान्तिको लागि स्वयम्भूनाथ स्तुपामा द्धिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो ।
  • ९. मिति २०७५/०३/१७ गते सशस्त्र प्रहरी परिवार महिला संघको १७औँ वार्षिकोत्सवको अवसरमा संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यूको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारीहरुका जेहेन्दार छात्र/छात्राहरु २७ जनालाई नगद पुरस्कार वितरण गर्नुका साथै विभिन्न समाजसेवी संघ संस्थाहरु तथा उत्कृष्ट कार्य गर्ने महिला कर्मचारीहरुलाई प्रमुख अतिथीज्यूबाट सम्मान पत्र समेत वितरण गरिएको थियो ।
  • १०. मिति २०७५/०३/१८ गते सशस्त्र प्रहरी परिवार महिला संघको १७औँ वार्षिकोत्सवको अवसरमा अल्फ्रेस्को गार्डेन¸ सशस्त्र प्रहरी बल¸ नेपाल¸ प्रधान कार्यालय हलचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १०५ जना व्यक्तिले रक्तदान गर्नु भएको थियो ।
  • ११. मिति २०७५/०४/१२ गते शनिबारका दिन काठमाण्डौं महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोलको प्रमुख आतिथ्यमा गुहेश्वरी मन्दिर अगाडी संघका पदाधिकारीज्यूहरु तथा सशस्त्र प्रहरी बल¸ नेपालका कर्मचारीहरुको प्रत्यक्ष सहभागीतामा बागमती सर-सफाई कार्यक्रम गरिएको थियो ।
  • १२. मिति २०७५/०५/०२ गते शनिबारका दिन प्रदेश नं. ३ का प्रदेश सांसद गणेश दुलालको प्रमुख आतिथ्यतामा काठमाण्डौं महानगरपालिका वडा नं. ३१ स्थित पर्ने बानेश्वर क्याम्पस परिसर अगाडी पर्ने वागमती नदि सर-सफाई अभियानमा संघकी अध्यक्षज्यू लगायत संघका पदाधिकारीज्यूहरु तथा सशस्त्र प्रहरी बल¸ नेपालका कर्मचारीहरुको प्रत्यक्ष सहभागीतामा रहेको थियो ।
  • १३. मिति २०७५/०५/१३ गते बुधबार श्री प्रशासन निर्देशनालय सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत आई.डि.नं.२७७१४ का सशस्त्र प्रहरी परिचर पबित्रा अधिकारीका श्रीमानको श्वासप्रश्वास सम्बन्धी उपचारका लागी संघद्बारा नगद रु.५०००/- सहयोग प्रदान गरिएको थियो ।
  • १४. मिति २०७५/०५/२० गते बुधबार संघद्बारा नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा संघका पुर्व अध्यक्षज्युहरु,कार्यकारिणी पदाधिकारीज्यूहरु लगायत अन्य सदस्यज्यूहरुको उपस्थितिमा शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको थियो ।
  • १५. मिति २०७५/०५/३१ गते आईतबार बाल दिवसको अबसरमा नेपाल ए.पि.एफ.स्कुललाई संघको तर्फबाट नगद रु.६०,१६९/-बराबरको स्टेशनरी सामान लगायत लाईब्रेरीको लागी पुस्तक हस्तान्तरण गरिएको थियो।
  • १६. मिति २०७५/०५/३१ गते आईतबार बाल दिवसको अबसरमा नेपाल ए.पि.एफ.स्कुलका बिद्यार्थीहरुलाई संघको तर्फबाट रु.२३,६७५/-बराबरको जुस,बिस्कुट र चकलेट बितरण गरिएको थियो।
  • १७. मिति २०७५/०६/०६ गते शनिबारका दिन कोटेश्वर महादेव मन्दिर पुल परिसरमा संघका पदाधिकारीज्यूहरु तथा सशस्त्र प्रहरी बल¸ नेपालका कर्मचारीहरुको प्रत्यक्ष सहभागीतामा बागमती सर-सफाई गरिएको थियो ।
  • १८. मिति २०७५/०६/१० गते बुधबार सशस्त्र प्रहरी परिवार महिला संघद्बारा बुढानिलकण्ठ स्थित अकस्थित मानवसेवा आश्रममा नगद रु.३०,०००/– बराबरको खाद्यान्न, जुस तथा फलफुल सहयोग गरिएको थियो ।
  • १९. मिति २०७५/०६/१५ गते सोमबार सशस्त्र प्रहरी परिवार महिला संघद्बारा आवासीय सुविधा सहित द स्काईलार्क स्कुल¸ धापासीमा अध्ययन गराईएका छात्राहरुसँग संघका पदाधिकारीज्यूहरु तथा अध्ययनमा प्रत्यक्ष सहयोग पुर्‍याउनु हुने जर्मन डोनरहरुद्बारा भेटघाट तथा आन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।सोही अबसरमा संघकी अध्यक्षको पहलमा द स्काईलार्क स्कुलमा अध्यनरत छात्राहरुको लागी म्याटको ब्यवस्था गराईएको थियो ।
  • २०. मिति २०७५/०६/२१ गते आईतबार सशस्त्र प्रहरी परिवार महिला संघद्बारा कुशुन्ती स्थित नेपाल स्नेही काखघरलाई सहयोग स्वरुप नगद रु.२०,०००/- बराबरको प्लाई हस्तान्तरण गरिनुका साथै संघका पदाधिकारीज्यूहरुद्वारा ब्यक्तिगत रुपमा नगद रकम समेत हस्तान्तरण गरिएको थियो ।
  • २१. मिति २०७५/०७/१० गते शनिबारका दिन बुद्वनगर स्थित यु.एन. पार्क पुल परिसरमा संघका पदाधिकारीज्यूहरु तथा सशस्त्र प्रहरी बल¸ नेपालका कर्मचारीहरुको प्रत्यक्ष सहभागीतामा बागमती सर-सफाई कार्यक्रममा सहभागिता जनाईएको थियो ।
  • २२. मिति २०७५/०७/२० गते मंगलबार नेपालीहरुको महानपर्व शुभ दिपावलीको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघद्वारा नेपाल ए.पि.एफ. क्लब हलमा देउसी भैली कार्यक्रमको आयोजना गरी सो बाट संकलीत रकमले अति दुर्गमका बिपन्न जेहेन्दार असाहय शिक्षाको ज्योती पाउनबाट बन्चित छात्राहरुलाई शिक्षा दिलाउने उद्देश्यका साथ देउसी भैली कार्यक्रमको आयोजना गरेको थियो ।
  • २३. मिति २०७५/०७/२२ गते बिहिबार नेपालीहरुको महानपर्व शुभ दिपावलीको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघद्वारा देउसी भैली कार्यत्रम आयोजना गरी सो बाट संकलीत रकमले अतिदुर्गमका बिपन्न परिवारका जेहेन्दार असाहय शिक्षाको ज्योती पाउनबाट बन्चित छात्राहरुलाई शिक्षा दिलाउने उद्देश्यका साथ माननिय गृहमन्त्री राम बहादुर थापा बादलज्यू, माननिय वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतज्यू लगायत बिशिष्ट अतिथि श्री जयराम लामिछानेज्यू तथा श्री सुवास राईज्यूको निवासमा गई देउसी भैली कार्यक्रमको प्रर्दशन गरिएको थियो ।
  • २४. मिति २०७५/०८/०१ गते शनिवारका दिन बुद्वनगर स्थित यु.एन. पार्क पुल परिसरमा संघका पदाधिकारीज्यूहरु तथा सशस्त्र प्रहरी बल¸ नेपालका कर्मचारीहरुको प्रत्यक्ष सहभागीतामा बागमती सर-सफाईको महाअभियानमा सहभागिता जनाईएको थियो ।
  • २५. मिति २०७५/०९/०७ गते शनिवारका दिन बुद्वनगर स्थित यु.एन. पार्क पुल परिसरमा संघका पदाधिकारीज्यूहरु तथा सशस्त्र प्रहरी बल¸ नेपालका कर्मचारीहरुको प्रत्यक्ष सहभागीतामा बागमती सर-सफाईको महाअभियानमा सहभागिता जनाईएको थियो ।
  • २६. मिति २०७५/०९/२४ गते मंगलबार सशस्त्र प्रहरी परिवार महिला संघद्बारा बहालवाला सशस्त्र प्रहरी कर्मचारीका श्रीमतीहरुलाई ब्यबसायिक रुपबाट आत्मनिर्भर बनाउने उद्देश्यका साथ संघको कार्यालयमा एड्भान्स ब्युटिपार्लर तालिमको संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यूको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको थियो ।
  • २७. हाल यस सशस्त्र प्रहरी परिवार महिला संघले द स्काईलार्क स्कुल धापासीमा आवासिय सुबिधा सहित १७ जना छात्राहरु,खडग मेमोरियल वोर्डिङ्ग स्कुल टीकापुर कैलालीमा १ जना छात्रा, र आदर्श बहुमुखी क्याम्पस राप्ती नगरपालीका चितवनमा १ जना छात्रा गरी जम्मा १९ जना छात्राहरुलाई अध्यापन गराईरको छ ।
  • २८. हाल सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचना भए अनुसार सशस्त्र प्रहरी परिवार महिला संघलाई समयानुसार सात वटै प्रदेशमा बिस्तार गरी सामाजिक सेवामा नयाँ तवरबाट कार्य सम्पादन गर्ने उद्देश्यका साथ कार्ययोजना बनाई कार्य सम्पादन गर्दै आईरहेको ।
  • २९. सशस्त्र प्रहरी बल नेपालको १८ औं सशस्त्र प्रहरी दिवस-२०७५ को अबसरमा २०७५/१०/१४ गते सोमबार भएको सदभाव र्यालीमा संघका पदाधिकारीज्यूहरुको सहभागिता रहेको थियो ।
  • ३०. सशस्त्र प्रहरी बल नेपालको १८ औं सशस्त्र प्रहरी दिवस-२०७५ को अबसरमा २०७५/१०/१६ गते बुधबार नेपाल ए.पि.एफ.अस्पतालमा बेड भर्ना भई उपचार गराईरहेका १२५ जना बिरामीहरुलाई संघद्बारा फलफुल बितरण गरिएको थियो ।
  • ३१. बागमती नदी सरसफाई महाअभियानको ३००औं हप्ताको अबसरमा मिति २०७५/१०/२६गते शनिवार शंखमुल परिसरमा आयोजित बिशेष कार्यक्रममा संघका पदाधिकारीज्यूहरुको सहभागिता रहेको थियो ।
  • ३२.बागमती नदी सरसफाई महाअभियानको ३०१औं हप्ताको अबसरमा मिति २०७५/११/०४ गते शनिवार टेकु पचलीस्थित टेकु कालोपुल परिसरमा भएको सरसफाईमा संघका पदाधिकारीज्यूहरु लगायत अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।
  • संघकी पूर्व अध्यक्ष श्रीमती सरिता श्रेष्ठज्यूलाई बिदाई पश्चात् मायाँको चिनो प्रदान गर्नुहुँदै संघकी अध्यक्षज्यू ।

  • प्रा.डा.प्रमोद कुमार अग्रवालज्यूद्बारा संघका पदाधिकारीज्यूहरुलाई हेलिङ्ग तथा मेडिटेसन सम्बन्धी प्रशिक्षण गराउनुहुँदै ।

  • नबनियुक्त संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यूलाई संघद्बारा स्वागत गर्नुहुँदै संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यू ।

  • नबनियुक्त संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यूलाई संघद्बारा स्वागत पश्चात् सामुहिक फोटो ।

  • बागमती सरसफाईको महाअभियानमा सशस्त्र प्रहरी परिवार महिला संघको सहभागिता ।

  • संघको १७ औं बार्षिकोत्सबको अबसरमा आयोजित जनचेतना मूलक प्रभातफेरी कार्यक्रममा सहभागीहरु ।

  • सशस्त्र प्रहरी परिवार महिला संघको १७ औं वार्षिकोत्सवको अबसरमा स्वयम्भूनाथ स्तुपामा वीर शहिदहरुको सम्झनामा उनिहरुको आत्माशान्तीको लागी द्बिप प्रज्वलन गर्नुहुँदै संगठन प्रमुखज्यूका साथ संघकी अध्यक्षज्यू ।

  • सशस्त्र प्रहरी परिवार महिला संघको १७ औं वार्षिकोत्सवको अबसरमा स्वयम्भूनाथ स्तुपामा भएको द्बिप प्रज्वलन कार्यक्रममा वीर शहिदहरुको आत्माशान्तीको लागी परेवा उडाउनुहुँदै संगठन प्रमुखज्यूका साथ संघकी अध्यक्षज्यू ।

  • सशस्त्र प्रहरी परिवार महिला संघको १७ औं बार्षिकोत्सबको मूल समारोह कार्यक्रमका प्रमुख अतिथि संगठन प्रमुख स.प्र.म.नि.शैलेन्द्र खनालज्यू ।

  • संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यूद्वारा बहालवाला सशस्त्र प्रहरी कर्मचारीका सर्बोत्कृष्ट अंक प्राप्त गर्ने छात्राहरुलाई पुरस्कार प्रदान गर्नुहुँदै ।

  • संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यूबाट सशस्त्र प्रहरी परिवार महिला संघको १७ औं बार्षिक साधारण सभाको समुद्घाटन गर्नुहुँदै ।

  • हिन्दु नारीहरुको महानपर्व हरितालिका तिज २०७५ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम ।

  • बुढानिलकण्ठ स्थित मानवसेवा आश्रमका आश्रितहरुका लागी खाधन्न सहयोग गर्नुहुँदै संघकी अध्यक्षज्यू ।

  • बुढानिलकण्ठ स्थित मानवसेवा आश्रमका आश्रितहरुका लागी फलफूल तथा जुस बाँड्नुहैँदै संघकी अध्यक्षज्यू लगायत अन्य पदाधिकारीज्यूहरु ।

  • शुभ-दिपावली २०७५ को पावन अबसरमा संघद्बारा आयोजित देउसी भैली कार्यक्रममा प्रमुख अतिथि संगठन प्रमुख स.प्र.म.नि.शैलेन्द्र खनालज्यूलाई स्वागत गर्नुहुँदै संघका पदाधिकारीज्यूहरु ।

  • शुभ-दिपावली २०७५ को पावन अबसरमा संघद्बारा आयोजित देउसी भैली कार्यक्रममा देउसी भैली प्रस्तुत गर्नुहुँदै संघका पदाधिकारीज्यूहरु ।

  • देउसी भैली कार्यक्रममा प्रमुख अतिथि संगठन प्रमुख स.प्र.म.नि.शैलेन्द्र खनालज्यूद्बारा संघलाई दक्षिणा प्रदान गर्नुहुँदै ।

  • देउसी भैली कार्यक्रममा माननिय गृहमन्त्री राम बहादुर थापा बादलज्यू तथा उहाँको धर्मपत्नीद्बारा संघलाई दक्षिणा प्रदान गर्नुहुँदै ।

  • देउसी भैली कार्यक्रममा बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतज्यू तथा उहाँको धर्मपत्नीद्बारा संघलाई दक्षिणा प्रदान गर्नुहुँदै ।

  • देउसी भैली कार्यक्रममा अतिथी सुबास राईज्यूद्बारा संघलाई दक्षिणा प्रदान गर्नुहुँदै ।

  • देउसी भैली कार्यक्रममा अतिथी जयराम लामिछानेज्यू तथा बिमला लामिछानेज्यूद्बारा संघलाई दक्षिणा प्रदान गर्नुहुँदै ।

  • देउसी भैली कार्यक्रममा संगठन प्रमुख स.प्र.म.नि.शैलेन्द्र खनालज्यू,संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यू लगायत जयराम लामिछानेज्यूका स-परिवारका साथ अन्य सहभागीहरु ।

  • कुशुन्तिस्थित अबस्थित नेपाल स्नेही काखघरलाई संघद्बारा प्लाई सहयोग ।

  • अन्तराष्ट्रिय बाल दिबसको अबसरमा नेपाल ए.पि.एफ.स्कुललाई संघद्बारा लाईब्रेरी तथा स्टेशनरीका सामानहरु हस्तान्तरण ।

  • एड्भान्स ब्यूटिपार्लर तालिमको समुद्घाटन कार्यक्रममा पानसमा द्बिप प्रज्वलन गर्नुहूँदै संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यू ।

  • एड्भान्स ब्यूटिपार्लर तालिमको समुद्घाटन कार्यक्रममा संघका पदाधिकारीज्यूहरु लगायत प्रशिक्षक र प्रशिक्षार्थीहरु

  • एड्भान्स ब्यूटिपार्लर तालिम संचालनको लागी तालिम कक्षको अबलोकन गर्नुहुँदै संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यू ।

  • सशस्त्र प्रहरी बल नेपालका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठज्यू र सशस्त्र प्रहरी परिवार महिला संघकी संस्थापक अध्यक्ष स्व. श्रीमती नुडुप श्रेष्ठज्यूको स्मृतिमा आयोजित १६औं वार्षिक स्मृति सभामा उहाँहरुको शालिकमा माल्यार्पण गर्नुहुँदै संघका पदाधिकारीज्यूहरु ।

  • १८ औं सशस्त्र प्रहरी दिबस-२०७५ को बिशेष समारोहको अबसरमा आयोजित प्रभातफरी कार्यक्रममा संघका पदाधिकारीज्यूहरुको सहभागिता ।

  • १८ औं सशस्त्र प्रहरी दिबस-२०७५ को बिशेष समारोहमा प्रमुख अतिथि सम्माननिय प्रधानमन्त्रीज्यूलाई स्वागत गर्नुहुँदै संघकी अध्यक्षज्यू ।

  • १८ औं सशस्त्र प्रहरी दिबस-२०७५ को बिशेष समारोहमा अमर सशस्त्र प्रहरीहरुको स्मृतिमा निर्मित स्मृती बाटिकामा पुष्प गुच्छा अर्पण गर्नुहुँदै संघकी अध्यक्षज्यू ।

  • १८ ‍औं सशस्त्र प्रहरी दिबस-२०७५ को बिशेष समारोहको अबसरमा नेपाल ए.पि.एफ. अस्पताल बलम्बुमा बेड भर्ना भई उपचार गराईरहेका बिरामीहरुलाई फलफुल बितरण गर्नुहुँदै संगठन प्रमुख स.प्र.म.नि.शैलेन्द्र खनाल ज्यू र संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यू ।

  • बागमती नदि सरसफाई महाअभियानमा सहभागिता जनाउनुहुँदै संघका पदाधिकारीज्यूहरु

  • बागमती नदि सरसफाई महाअभियानको ३०० औं हप्ताको बिशेष कार्यक्रममा र्याली सहित सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीज्यूहरु ।

  • बागमती नदि सरसफाई महाअभियानमा आफ्नो मन्तब्य राख्नुहुँदै संघकी सदस्य-सचिव श्रीमती सरस्वती पाण्डेज्यू ।

  • बागमती नदि सरसफाईको दौरान संघका पदाधिकारीज्यूहरु लगायत अन्य सहभागीहरु ।