नदीको बीच भागमा फसेका दुई जनाको एपीएफ टोलीद्वारा उद्वार
31st August, 2018
कैलाली,
कैलाली जिल्लाको गोदावरी नगरपालिका ९ धनचौरी खटिया नदीमा एक्कासी आएको बाढिको कारण नदीको बीच भागमा फसेका दुई जनाको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ ।
स्थानीय ४० वर्षिया जानकी बोहोरा र वर्ष ४२ की पशुपति बोहोरा उक्त नदीको बीच भागमा रहेको टापुमा घाँस घाट्न गएको बेला एक्कासी परेको पानीको कारण नदीमा बाढि आएपछि उनीहरु टापुमा अलपत्र परेका थिए ।
सोको जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कैलाली नम्बर ३४ गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद भट्टको कमाण्डमा आवश्यक उद्वार सामाग्रीसहित एपीएफ टोली त्यसठाउँमा खटिएको थियो ।
एपीएफ टोलीले त्यसवेला लाइफ ज्याकेट, थ्रो व्याग र लाइफ ब्वायको प्रयोग गरी उनीहरुको सकुशल उद्वार गरेको हो ।