Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद काठमाडौ, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट असोज १० गते सशस्त्र प्रहरीले करीव २ लाख ४१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, किराना, औषधी तथा मेशिनरी सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान जलेश्वर भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले असोज ११ गते करीव २ लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेउ सीमा ईलाकाबाट बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । त्यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ ईनर्वा सीमा ईलाकाबाट असोज ११ गते करीव १ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । बरामद लत्ताकपडा भन्सार कार्यालय विरगंजमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौ, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट असोज १० गते सशस्त्र प्रहरीले करीव २ लाख ४१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, किराना, औषधी तथा मेशिनरी सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान जलेश्वर भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले असोज ११ गते करीव २ लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेउ सीमा ईलाकाबाट बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । त्यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ ईनर्वा सीमा ईलाकाबाट असोज ११ गते करीव १ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । बरामद लत्ताकपडा भन्सार कार्यालय विरगंजमा बुझाईएको छ ।