सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ |
सप्तरी, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट भाद्र २० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको अग्निसाईर गाउँपालिका १ बस्ने २० वर्षिय अर्जुन खङ्ग र २८ वर्षिय शंखर खङ्ग छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजेपाम इन्जेक्सन ८ एम्पुल, फेनारागन इन्जेक्सन ७ एप्पुल र लुपिजेसिक ७ एम्पुल फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |