Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गृहमन्त्री खाणको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह सम्पन्नकाठमाडौं, माननीय गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा संचालित सि.सं. १४(क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह आईतबार सम्पन्न भएको छ । सो अवसरमा समारोहका प्रमुख अतिथि माननीय गृहमन्त्री खाणले उक्त तालिममा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वलीलाई खुकुरी प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले कर्तव्यपालनाको सिलसिलामा राष्ट्र र नागरिकको सेवा र सुरक्षाको खातिर आफ्नो प्राणको समेत आहुती दिनुभएका सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै उहाँहरुको योगदानको स्मरण गर्नुभयो । उहाँले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा खटिएर सीमा सुरक्षा तथा व्यवस्थापन, नागरिकको सेवा, विपद् प्रकोपमा परेकाहरुको उद्वार, कोभिड–१९ महामारी व्यवस्थापनका साथै राजस्व चुहावट नियन्त्रण लगायतका जिम्मेवारीमा सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेका कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले २२६ वटा बिओपीहरु स्थापना गरी डेडिकेटेड फोर्सको रुपमा खटिरहेको र भविष्यमा बिओपीको संख्या ५०० पु¥याउने नेपाल सरकारको लक्ष्य रहेको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपाललाई जनशक्ति एवं श्रोत साधन सम्पन्न बनाउन नेपाल सरकारको तर्फबाट प्रतिवद्धता जनाउँदै थप व्यवसायीक¸अनुशासीत¸ इमान्दार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो । माननीय गृहमन्त्री खाणले दिक्षित अधिकृतहरुलाई तालिमबाट प्राप्त फौजी ज्ञान, कला कौशलको उच्चतम प्रयोग गर्दै ईमान्दार र पूर्ण व्यवसायिक भई मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा राज्य र नागरिकले सोचे र खोजे जस्तो सेवा प्रवाहमा निर्भिकताकासाथ उच्च जिम्मेवारी बोध गर्दै कार्यसम्पादनमा जुट्न समेत निर्देशन दिनुभयो । उहाँले शान्ति सुरक्षा वहाली राज्यको प्रमुख दायित्व रहेको उल्लेख गर्नुहुँदै कार्यसम्पादनको क्रममा सम्वद्ध अन्य निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै नेपाल सरकारले लिएको लक्ष्य प्राप्तीमा सबैले आ–आफ्नो ठाउँबाट ईमान्दारिताकासाथ काम गर्नुपर्ने बताउनुभयो । धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सिमित श्रोत साधनका बावजुद पनि सीमा नाका, नेपाल ए.पि.एफ. अस्पताल लगायत देशका विभिन्नि स्थानमा रातोदिन तैनाथ रही घाम पानी र भोक तिर्खा नभनी सशस्त्र प्रहरी बल, नेपालका चिकित्सक, स्वास्थ्यकर्मी एवं राष्ट्रसेवक कर्मचारीहरुले सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण, विपद्जन्य घट्नामा पिडितको उद्दार तथा राहत वितरण लगायत हाल विद्यमान कोभिड–१९ महामारीको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा निरन्तर कृयाशील रहेको बताउनुहुदै आगामी दिनमा थप व्यवसायीक भएर तन, मन, वचन र कर्मका साथ देश र नागरिकको सेवामा समर्पीत रहनुपर्ने बताउनुभयो। महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल जस्तो सुरक्षा निकायमा आवद्ध भई राष्ट्र सेवामा लाग्न आफ्ना सन्ततीलाई अभिप्रेरित गर्नुहुने सम्पूर्ण अभिभावकहरुप्रति समेत हार्दिक आभार प्रकट गर्नुभयो । गत साल भदौ २२ गतेबाट संचालन भएको उक्त तालिम २० जना महिला सहित कुल ६१ जना सशस्त्र प्रहरी सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक विरेन्द्र प्रसाद जोशी र कवाज तथा चाँदमारीतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषी महत उत्कृष्ट भएका छन् । दिक्षान्त समारोहमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश प्रसाद अधिकारी लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको सहभागीता रहेको थियो ।
/uploads/news/PhQRPn0jMGt33GRyTIjbCw==.jpg
गृहमन्त्री खाणको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह सम्पन्न
काठमाडौं, माननीय गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा संचालित सि.सं. १४(क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह आईतबार सम्पन्न भएको छ । सो अवसरमा समारोहका प्रमुख अतिथि माननीय गृहमन्त्री खाणले उक्त तालिममा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वलीलाई खुकुरी प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले कर्तव्यपालनाको सिलसिलामा राष्ट्र र नागरिकको सेवा र सुरक्षाको खातिर आफ्नो प्राणको समेत आहुती दिनुभएका सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै उहाँहरुको योगदानको स्मरण गर्नुभयो । उहाँले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा खटिएर सीमा सुरक्षा तथा व्यवस्थापन, नागरिकको सेवा, विपद् प्रकोपमा परेकाहरुको उद्वार, कोभिड–१९ महामारी व्यवस्थापनका साथै राजस्व चुहावट नियन्त्रण लगायतका जिम्मेवारीमा सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेका कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले २२६ वटा बिओपीहरु स्थापना गरी डेडिकेटेड फोर्सको रुपमा खटिरहेको र भविष्यमा बिओपीको संख्या ५०० पु¥याउने नेपाल सरकारको लक्ष्य रहेको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपाललाई जनशक्ति एवं श्रोत साधन सम्पन्न बनाउन नेपाल सरकारको तर्फबाट प्रतिवद्धता जनाउँदै थप व्यवसायीक¸अनुशासीत¸ इमान्दार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो । माननीय गृहमन्त्री खाणले दिक्षित अधिकृतहरुलाई तालिमबाट प्राप्त फौजी ज्ञान, कला कौशलको उच्चतम प्रयोग गर्दै ईमान्दार र पूर्ण व्यवसायिक भई मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा राज्य र नागरिकले सोचे र खोजे जस्तो सेवा प्रवाहमा निर्भिकताकासाथ उच्च जिम्मेवारी बोध गर्दै कार्यसम्पादनमा जुट्न समेत निर्देशन दिनुभयो । उहाँले शान्ति सुरक्षा वहाली राज्यको प्रमुख दायित्व रहेको उल्लेख गर्नुहुँदै कार्यसम्पादनको क्रममा सम्वद्ध अन्य निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै नेपाल सरकारले लिएको लक्ष्य प्राप्तीमा सबैले आ–आफ्नो ठाउँबाट ईमान्दारिताकासाथ काम गर्नुपर्ने बताउनुभयो । धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सिमित श्रोत साधनका बावजुद पनि सीमा नाका, नेपाल ए.पि.एफ. अस्पताल लगायत देशका विभिन्नि स्थानमा रातोदिन तैनाथ रही घाम पानी र भोक तिर्खा नभनी सशस्त्र प्रहरी बल, नेपालका चिकित्सक, स्वास्थ्यकर्मी एवं राष्ट्रसेवक कर्मचारीहरुले सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण, विपद्जन्य घट्नामा पिडितको उद्दार तथा राहत वितरण लगायत हाल विद्यमान कोभिड–१९ महामारीको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा निरन्तर कृयाशील रहेको बताउनुहुदै आगामी दिनमा थप व्यवसायीक भएर तन, मन, वचन र कर्मका साथ देश र नागरिकको सेवामा समर्पीत रहनुपर्ने बताउनुभयो। महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल जस्तो सुरक्षा निकायमा आवद्ध भई राष्ट्र सेवामा लाग्न आफ्ना सन्ततीलाई अभिप्रेरित गर्नुहुने सम्पूर्ण अभिभावकहरुप्रति समेत हार्दिक आभार प्रकट गर्नुभयो । गत साल भदौ २२ गतेबाट संचालन भएको उक्त तालिम २० जना महिला सहित कुल ६१ जना सशस्त्र प्रहरी सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक विरेन्द्र प्रसाद जोशी र कवाज तथा चाँदमारीतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषी महत उत्कृष्ट भएका छन् । दिक्षान्त समारोहमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश प्रसाद अधिकारी लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको सहभागीता रहेको थियो ।