Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट तालिम समापन काठमाडौं, सशस्त्र प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा संचालित लैंगिक हिंसा बिरुद्ध अनुशिक्षण तालिमको समापन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले असोज ०९ गते आयोजित एक समारोहका वीच सो तालिमको समापन गर्नुका साथै तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा तालिमको दौरानमा प्रशिक्षार्थीहरुले आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा भरपुर उपयोग गर्नुपर्ने चर्चा गर्नुहँुदै यस किसिमको तालिमले लैंगिक हिंसा सम्बन्धमा सचेतना अभिबृद्धि गरी सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालको छविलाई माथि उठाउन तथा जनताको मनमा बितृष्ण पैदा हुन नदिन व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कार्य गर्नुपर्ने उल्लेख गर्नुहुँदै तालिममा सिकेका ज्ञानलाई आफुमा मात्र सिमित नराखी आफु मातहत कर्मचारीहरुलाई समेत सिकाउँदै लैंगिक हिंसा सम्बन्धमा सचेतना अभिबृद्धि गर्न योगदान पु¥याउनु पर्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले संगठनमा आवद्ध राष्ट्रसेवकहरु लैंगिक हिंसा सम्बन्धमा सधैं सचेत रहनु पर्ने उल्लेख गर्नुहँुदै घरपरिवारमा मात्र नभई समाजलाई नै लैंगिक मैत्री बनाउन सबैले आ–आफ्नो स्थानबाट योगदान पु¥याउनुपर्ने चर्चा गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै यस किसिमको तालिमले क्षमता अभिबृद्धि गर्नुका साथै लैंगिक हिंसा न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । तालिमको दौरान प्रशिक्षार्थीहरुलाई लैंगिक हिंसा न्यूनिकरण, लैंगिक हिंसा बिरुद्ध सचेतना लगायतका विविध विषयमा प्रशिक्षण दिईएको कुरा सो अवसरमा जानकारी गराइएको थियो । उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी तथा गणमा जेण्डर फोकल प्वईन्टको रुपमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक ९ जना र सशस्त्र प्रहरी निरीक्षक २९ जना गरी कूल ३८ जना प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।
/uploads/news/0ByVVX7RgEJrlxaDfmvWPg==.jpg
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा संचालित लैंगिक हिंसा बिरुद्ध अनुशिक्षण तालिमको समापन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले असोज ०९ गते आयोजित एक समारोहका वीच सो तालिमको समापन गर्नुका साथै तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा तालिमको दौरानमा प्रशिक्षार्थीहरुले आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा भरपुर उपयोग गर्नुपर्ने चर्चा गर्नुहँुदै यस किसिमको तालिमले लैंगिक हिंसा सम्बन्धमा सचेतना अभिबृद्धि गरी सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालको छविलाई माथि उठाउन तथा जनताको मनमा बितृष्ण पैदा हुन नदिन व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कार्य गर्नुपर्ने उल्लेख गर्नुहुँदै तालिममा सिकेका ज्ञानलाई आफुमा मात्र सिमित नराखी आफु मातहत कर्मचारीहरुलाई समेत सिकाउँदै लैंगिक हिंसा सम्बन्धमा सचेतना अभिबृद्धि गर्न योगदान पु¥याउनु पर्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले संगठनमा आवद्ध राष्ट्रसेवकहरु लैंगिक हिंसा सम्बन्धमा सधैं सचेत रहनु पर्ने उल्लेख गर्नुहँुदै घरपरिवारमा मात्र नभई समाजलाई नै लैंगिक मैत्री बनाउन सबैले आ–आफ्नो स्थानबाट योगदान पु¥याउनुपर्ने चर्चा गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै यस किसिमको तालिमले क्षमता अभिबृद्धि गर्नुका साथै लैंगिक हिंसा न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । तालिमको दौरान प्रशिक्षार्थीहरुलाई लैंगिक हिंसा न्यूनिकरण, लैंगिक हिंसा बिरुद्ध सचेतना लगायतका विविध विषयमा प्रशिक्षण दिईएको कुरा सो अवसरमा जानकारी गराइएको थियो । उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी तथा गणमा जेण्डर फोकल प्वईन्टको रुपमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक ९ जना र सशस्त्र प्रहरी निरीक्षक २९ जना गरी कूल ३८ जना प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।