Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट तालिम समापन तथा उद्घाटन राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २ प्रशासनिक व्यवस्थापन (सिनियर अधिकृत) तालिम र सि.सं. ३० गुल्मपति तथा स्टाफ तालिम सम्पन्न तथा सि.सं. ५ ईन्टेलिजेन्स (सिनियर अधिकृत) तालिम सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतिष्ठानमा चैत्र ५ गते उल्लेखित तालिमहरुको समापन तथा उद्घाटन गर्नुका साथै सम्पन्न तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । उहाँले फौजी संगठनलाई चलायमान बनाईराख्न तालिमको विशेष महत्व रहने उल्लेख गर्नुहुँदै तालिमले संगठनका राष्ट्रसेवक कर्मचारीहरुलाई लगनशिल, अनुशासित, कर्तब्यनिष्ठ बनाउनुको साथै पेशागत दक्षता अभिबृद्धि र संगठनप्रति अझ निष्ठावान बनाउने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले कार्यक्षेत्रमा संगठनले प्रदर्शन गर्ने व्यावसायिकता त्यहाँ कार्यरत कर्मचारीमा निर्भर हुन्छ, भने कर्मचारीले सम्पादन गर्ने हरेक काम कारवाहीको सफलता तथा असफलता उसले लिएको सेवाकालिन तालिमहरुबाट निर्देशित हुने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपाललाई राज्यले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न संगठनका हरेक सदस्य शारीरिक रुपमा सबल र मानसिक रुपमा सक्षम, इमान्दार, अनुशासित हुनु अपरिहार्य रहेको बताउनुहुँदै सकारात्मक सोचका साथ सम्पादन गरिने कुनै पनि काम कारवाहीले उत्कृष्ट नतिजा हासिल गर्दै सुरक्षा वृत्तमा संगठनलाई अब्बल सुरक्षा संयन्त्र सावित गर्न थप टेवा पु¥याउने उल्लेख गर्नुभयो । महानिरीक्षक अर्यालले संगठन सरुवा बढुवा र सेवा सुविधा लगायतका विषयमा पद्धती हावी हुने अवस्था सिर्जना गरी सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताउनुहुँदै संगठनका हरेक कर्मचारीले आफ्नो क्षमतालाई कार्यक्षेत्रमा लगानी गरी व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाँती राखेर नेतृत्वसँग हातेमालो गर्दै संगठनको विकास र विस्तारमा एउटै लक्ष्यका साथ अघि बढ्न निर्देशन दिनुभयो । सशस्त्र प्रहरी बल नेपालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको लागि उपलब्ध गराउने पेशागत तालिममा विशेष चासो राखेर नियमित संचालन गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले समय अनुसार प्रविधिको विकाससँगै बढ्दै गएको सुरक्षा चुनौतीहरुलाई परास्त गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा प्रशिक्षण प्रतिष्ठानले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । साथै आगामी दिनमा प्रशिक्षण कार्यलाई समयानुकुल थप आधुनिक र वैज्ञानिक बनाउँदै लैजान सो प्रतिष्ठानलाई निर्देशन समेत दिनुभयो । ६ हप्ता अवधिकोे प्रशासनिक व्यवस्थापन तालिममा २७ जना, १२ हप्ता अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३३ जना र ईन्टेलिजेन्स तालिममा २६ जना अधिकृतहरुको सहभागिता रहेको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, प्रतिष्ठानका कार्यकारी निर्देशक अभि कुमार खत्री, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
/uploads/news/v7DNvSQ2er3F47CLR8L42A==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट तालिम समापन तथा उद्घाटन
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २ प्रशासनिक व्यवस्थापन (सिनियर अधिकृत) तालिम र सि.सं. ३० गुल्मपति तथा स्टाफ तालिम सम्पन्न तथा सि.सं. ५ ईन्टेलिजेन्स (सिनियर अधिकृत) तालिम सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतिष्ठानमा चैत्र ५ गते उल्लेखित तालिमहरुको समापन तथा उद्घाटन गर्नुका साथै सम्पन्न तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । उहाँले फौजी संगठनलाई चलायमान बनाईराख्न तालिमको विशेष महत्व रहने उल्लेख गर्नुहुँदै तालिमले संगठनका राष्ट्रसेवक कर्मचारीहरुलाई लगनशिल, अनुशासित, कर्तब्यनिष्ठ बनाउनुको साथै पेशागत दक्षता अभिबृद्धि र संगठनप्रति अझ निष्ठावान बनाउने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले कार्यक्षेत्रमा संगठनले प्रदर्शन गर्ने व्यावसायिकता त्यहाँ कार्यरत कर्मचारीमा निर्भर हुन्छ, भने कर्मचारीले सम्पादन गर्ने हरेक काम कारवाहीको सफलता तथा असफलता उसले लिएको सेवाकालिन तालिमहरुबाट निर्देशित हुने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपाललाई राज्यले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न संगठनका हरेक सदस्य शारीरिक रुपमा सबल र मानसिक रुपमा सक्षम, इमान्दार, अनुशासित हुनु अपरिहार्य रहेको बताउनुहुँदै सकारात्मक सोचका साथ सम्पादन गरिने कुनै पनि काम कारवाहीले उत्कृष्ट नतिजा हासिल गर्दै सुरक्षा वृत्तमा संगठनलाई अब्बल सुरक्षा संयन्त्र सावित गर्न थप टेवा पु¥याउने उल्लेख गर्नुभयो । महानिरीक्षक अर्यालले संगठन सरुवा बढुवा र सेवा सुविधा लगायतका विषयमा पद्धती हावी हुने अवस्था सिर्जना गरी सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताउनुहुँदै संगठनका हरेक कर्मचारीले आफ्नो क्षमतालाई कार्यक्षेत्रमा लगानी गरी व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाँती राखेर नेतृत्वसँग हातेमालो गर्दै संगठनको विकास र विस्तारमा एउटै लक्ष्यका साथ अघि बढ्न निर्देशन दिनुभयो । सशस्त्र प्रहरी बल नेपालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको लागि उपलब्ध गराउने पेशागत तालिममा विशेष चासो राखेर नियमित संचालन गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले समय अनुसार प्रविधिको विकाससँगै बढ्दै गएको सुरक्षा चुनौतीहरुलाई परास्त गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा प्रशिक्षण प्रतिष्ठानले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । साथै आगामी दिनमा प्रशिक्षण कार्यलाई समयानुकुल थप आधुनिक र वैज्ञानिक बनाउँदै लैजान सो प्रतिष्ठानलाई निर्देशन समेत दिनुभयो । ६ हप्ता अवधिकोे प्रशासनिक व्यवस्थापन तालिममा २७ जना, १२ हप्ता अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३३ जना र ईन्टेलिजेन्स तालिममा २६ जना अधिकृतहरुको सहभागिता रहेको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, प्रतिष्ठानका कार्यकारी निर्देशक अभि कुमार खत्री, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।