Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अवकाश प्राप्त विशिष्ट सशस्त्र प्रहरी अधिकृत पुनर्मिलन कार्यक्रम :- ‘संगठनलाई बलियो बनाउन लागिरहने प्रतिबद्धता’ अवकाश प्राप्त विशिष्ट सशस्त्र प्रहरी अधिकृतहरुले सशस्त्र प्रहरी बललाई बलियो र सशक्त बनाउन आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका खेल्ने बताउनुभएको छ । २२ औं सशस्त्र प्रहरी दिवस सप्ताह अन्तर्गत पहिलो कार्यक्रमको रुपमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोकमा आयोजित अवकाश प्राप्त विशिष्ट सशस्त्र प्रहरी अधिकृत पुनर्मिलन कार्यक्रममा उहाँहरुले सो धारणा व्यक्त गर्नुभएको हो । कार्यक्रमको शुरुवातमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनका अग्रजहरुबाट सिक्दै यहाँसम्म आएको स्मरण गर्नुहुँदै अवकाश प्राप्त अग्रजहरुको सल्लाह, सुझाव र मार्गदर्शनको आवश्यकता संगठनलाई सधैं रहिरहने भएकोेले यस प्रकारका पुनर्मिलन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले संस्थागत, संरचनागत प्रयासहरु थालिएको र यसमा अवकाशप्राप्त विशिष्ट अधिकृतहरुको तर्फबाट सल्लाह सुझावको अपेक्षा गरिएको समेत बताउनुभयो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले संगठनको उच्च तहमा पुगी अवकाश भएका सवै अधिकृतले आफ्नो समयमा केही न केही योगदान संगठनलाई पु¥याएको स्मरण गर्नुहुँदै अवकाश पछि पनि संगठन प्रतिको उत्तरदायित्व रहिरहने भएकोले क्षमता र अनुभवलाई आवश्यक परेको जुनसुकै वेला संगठनको हितमा लगाउन सकिने बताउनु भयो । यसैगरी अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठले अवकाश प्राप्त कर्मचारीलाई रिजर्भ फोर्सको रुपमा लिनुपर्ने विचार व्यक्त गर्दै यस प्रकारका कार्यक्रमले हौसला र उर्जा दिएको बताउनुहुँदै यसबाट संगठनलाई मजबुत बनाउनका साथै अवकाश प्राप्त कर्मचारी र संगठनलाई नजिक बनाउने संस्कारको थालनी भएकोमा यसले आगामी दिनमा निरन्तरता पाउने विश्वास व्यक्त गर्नुुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनलाई थप उचाईमा पु¥याउन र यसको बृहद हितको लागि बहालवाला र अवकाश प्राप्त सवै कर्मचारीको उत्तिकै प्रयास हुनुपर्ने उल्लेख गर्नुहुँदै संगठनको गौरवमय ईतिहास र अस्तित्व कायम राख्न एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संगठनलाई कमजोर हुन नदिन एकता नै बल हो भन्ने सोच्नु जरुरी रहेको बताउनु हँुदै उहाँले संगठनप्रति प्रत्येक अवकाश प्राप्त कर्मचारी सकारात्मक हुनुपर्ने र नेतृत्वलाई आवश्यकता अनुसार सल्लाह सुझाव दिँदै संगठनको विकास र विस्तारमा थप कार्य गर्न जरुरी भएको बताउनुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले अहिले मिशन छनौट निर्देशिका लगायत आन्तरिक रुपमा थुप्रै सुधारका काम भएको थाहा पाउँदा खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले प्रविधिसंगै संगठनको विकास पनि हुँदै जाने भएकोले संगठनको कामकारवाहीमा प्रविधिको व्यापक प्रयोग गर्दै लैजानुपर्ने बताउनुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण विष्टले संगठनमा विभिन्न कल्याणकारी कार्यमा सशस्त्र प्रहरी बल नेपालको भूपु संघलाई समेत समेट्दै जाुनपर्ने धारणा व्यक्त गर्नुभयो भने अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ऋषवदेब भट्टराईले करियरप्लान बनाएर बृत्तिविकासमा थप कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिनुहुँदै संगठनको बृहद हितका लागि आफूहरु सदैव लागिपर्ने बताउनुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले संगठनको म्याण्डेट अनुसार प्रतिआतंकवाद युनिटको आवश्यकता औल्याउनुभएको थियो । अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले तल्लो दर्जालाई फौजमा टिकाउने चुनौती बढ्दै गएको अनुभव सुनाउनुहुँदै राजीनामा जाने प्रबृत्ति किन बढेको छ भन्ने अध्ययनको जरुरी भईसकेको बताउनुभयो । यसका कमिकमजोरी पत्ता लगाएर समाधानतर्फ जानुपर्ने र सीमा व्यवस्थित गर्न जनशक्ति थप गर्नुपर्ने आवश्यकता औलाउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले भेटघाटको सुरुवात भएकोले यसलाई निरन्तरता दिदै पूर्व अग्रजहरुबाट प्राप्त सल्लाह सुझावलाई अभिलेखिकरण गरेर कार्यान्वयमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । नीति निर्माताहरुमा औपचारिक संवादको थालनी गरिएको बताउनुहुँदै उहाँले अग्रजहरुबाट सल्लाह र सुझावको अपेक्षा संगठनले गरिरहने बताउनुभयो । कार्यक्रमको सुरुवातमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले संगठनका पछिल्लो गतिविधि, मुख्य समस्या र भावि योजना प्रस्तुत गर्नुभएको थियो । उहाँले मेश सुधार योजनालाई गत असारदेखि प्रभावकारी बनाएकै कारण त्यस यता राशन सम्बन्धि गुनासो शून्यमा झरेको जानकारी दिनुहुँदै एक जवान एक बेड कार्यक्रम अन्तर्गत हालसम्म करीव ३९ प्रतिशत कर्मचारीलाई बेड व्यवस्थापन भएको बताउनुभयो । पछिल्लो गतिविधि अन्तर्गत नै देशका ६१ वटा युनिटमा शिसु स्याहार केन्द्र स्थापना भएको, जनशक्ति अनुसार शौचालय र स्नान घर व्यवस्थित गर्दै लगिएको, कमाण्ड पूर्वानुमान सूचि प्रकाशन गरिएको, बिएमआई लागू भएको, विदालाई बैज्ञानिक बनाउन ‘विदा व्यवस्थापन सफ्टवेयर’को निर्माण गरिएको, सीमा व्यवस्थापनका लागि कार्यविधि बनाई लागू गरिएको, सीमा ईलाकामा सूचना संकलनको लागि इन्टेलिजेन्स व्यूरो मार्फत तालिम प्राप्त कर्मचारी खटाईएको, सीमा निगरानी समूह स्थापना सम्बन्धि कार्यविधि २०७९ बनाईएको जानकारी दिनुभयो । यसैगरी कल्याणकारीतर्फ मुख्यालय र नेपाल एपीएफ अस्पतालमा समन्वय कक्ष स्थापना गरिएको, कुनै पनि दर्जाका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको निधन भएमा सम्मान गारद दिईने व्यवस्था मिलाईएको, माली मिशनको सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी गराउनुभयो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु किशोर कुमार लामा, सिंह बहादुर श्रेष्ठ, दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल, अवकाश प्राप्त अतिरिक्त महानिरीक्षकहरु रोहित थापा, कृष्ण विष्ट, ठाकुरमोहन श्रेष्ठ, कृष्ण कुमार तामाङ्ग, प्रकाश ओझा, प्रेम कुमार शाही, खडानन्द चौधरी, सुबोध अधिकारी, राजेश श्रेष्ठ, जानकीराज भट्टराई लगायत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरुको सभागिता रहेको थियो ।
/uploads/news/BqCM4Ug285Ayn73hfIAf6Q==.jpg
अवकाश प्राप्त विशिष्ट सशस्त्र प्रहरी अधिकृत पुनर्मिलन कार्यक्रम :- ‘संगठनलाई बलियो बनाउन लागिरहने प्रतिबद्धता’
अवकाश प्राप्त विशिष्ट सशस्त्र प्रहरी अधिकृतहरुले सशस्त्र प्रहरी बललाई बलियो र सशक्त बनाउन आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका खेल्ने बताउनुभएको छ । २२ औं सशस्त्र प्रहरी दिवस सप्ताह अन्तर्गत पहिलो कार्यक्रमको रुपमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोकमा आयोजित अवकाश प्राप्त विशिष्ट सशस्त्र प्रहरी अधिकृत पुनर्मिलन कार्यक्रममा उहाँहरुले सो धारणा व्यक्त गर्नुभएको हो । कार्यक्रमको शुरुवातमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनका अग्रजहरुबाट सिक्दै यहाँसम्म आएको स्मरण गर्नुहुँदै अवकाश प्राप्त अग्रजहरुको सल्लाह, सुझाव र मार्गदर्शनको आवश्यकता संगठनलाई सधैं रहिरहने भएकोेले यस प्रकारका पुनर्मिलन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले संस्थागत, संरचनागत प्रयासहरु थालिएको र यसमा अवकाशप्राप्त विशिष्ट अधिकृतहरुको तर्फबाट सल्लाह सुझावको अपेक्षा गरिएको समेत बताउनुभयो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले संगठनको उच्च तहमा पुगी अवकाश भएका सवै अधिकृतले आफ्नो समयमा केही न केही योगदान संगठनलाई पु¥याएको स्मरण गर्नुहुँदै अवकाश पछि पनि संगठन प्रतिको उत्तरदायित्व रहिरहने भएकोले क्षमता र अनुभवलाई आवश्यक परेको जुनसुकै वेला संगठनको हितमा लगाउन सकिने बताउनु भयो । यसैगरी अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठले अवकाश प्राप्त कर्मचारीलाई रिजर्भ फोर्सको रुपमा लिनुपर्ने विचार व्यक्त गर्दै यस प्रकारका कार्यक्रमले हौसला र उर्जा दिएको बताउनुहुँदै यसबाट संगठनलाई मजबुत बनाउनका साथै अवकाश प्राप्त कर्मचारी र संगठनलाई नजिक बनाउने संस्कारको थालनी भएकोमा यसले आगामी दिनमा निरन्तरता पाउने विश्वास व्यक्त गर्नुुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनलाई थप उचाईमा पु¥याउन र यसको बृहद हितको लागि बहालवाला र अवकाश प्राप्त सवै कर्मचारीको उत्तिकै प्रयास हुनुपर्ने उल्लेख गर्नुहुँदै संगठनको गौरवमय ईतिहास र अस्तित्व कायम राख्न एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संगठनलाई कमजोर हुन नदिन एकता नै बल हो भन्ने सोच्नु जरुरी रहेको बताउनु हँुदै उहाँले संगठनप्रति प्रत्येक अवकाश प्राप्त कर्मचारी सकारात्मक हुनुपर्ने र नेतृत्वलाई आवश्यकता अनुसार सल्लाह सुझाव दिँदै संगठनको विकास र विस्तारमा थप कार्य गर्न जरुरी भएको बताउनुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले अहिले मिशन छनौट निर्देशिका लगायत आन्तरिक रुपमा थुप्रै सुधारका काम भएको थाहा पाउँदा खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले प्रविधिसंगै संगठनको विकास पनि हुँदै जाने भएकोले संगठनको कामकारवाहीमा प्रविधिको व्यापक प्रयोग गर्दै लैजानुपर्ने बताउनुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण विष्टले संगठनमा विभिन्न कल्याणकारी कार्यमा सशस्त्र प्रहरी बल नेपालको भूपु संघलाई समेत समेट्दै जाुनपर्ने धारणा व्यक्त गर्नुभयो भने अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ऋषवदेब भट्टराईले करियरप्लान बनाएर बृत्तिविकासमा थप कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिनुहुँदै संगठनको बृहद हितका लागि आफूहरु सदैव लागिपर्ने बताउनुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले संगठनको म्याण्डेट अनुसार प्रतिआतंकवाद युनिटको आवश्यकता औल्याउनुभएको थियो । अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले तल्लो दर्जालाई फौजमा टिकाउने चुनौती बढ्दै गएको अनुभव सुनाउनुहुँदै राजीनामा जाने प्रबृत्ति किन बढेको छ भन्ने अध्ययनको जरुरी भईसकेको बताउनुभयो । यसका कमिकमजोरी पत्ता लगाएर समाधानतर्फ जानुपर्ने र सीमा व्यवस्थित गर्न जनशक्ति थप गर्नुपर्ने आवश्यकता औलाउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले भेटघाटको सुरुवात भएकोले यसलाई निरन्तरता दिदै पूर्व अग्रजहरुबाट प्राप्त सल्लाह सुझावलाई अभिलेखिकरण गरेर कार्यान्वयमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । नीति निर्माताहरुमा औपचारिक संवादको थालनी गरिएको बताउनुहुँदै उहाँले अग्रजहरुबाट सल्लाह र सुझावको अपेक्षा संगठनले गरिरहने बताउनुभयो । कार्यक्रमको सुरुवातमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले संगठनका पछिल्लो गतिविधि, मुख्य समस्या र भावि योजना प्रस्तुत गर्नुभएको थियो । उहाँले मेश सुधार योजनालाई गत असारदेखि प्रभावकारी बनाएकै कारण त्यस यता राशन सम्बन्धि गुनासो शून्यमा झरेको जानकारी दिनुहुँदै एक जवान एक बेड कार्यक्रम अन्तर्गत हालसम्म करीव ३९ प्रतिशत कर्मचारीलाई बेड व्यवस्थापन भएको बताउनुभयो । पछिल्लो गतिविधि अन्तर्गत नै देशका ६१ वटा युनिटमा शिसु स्याहार केन्द्र स्थापना भएको, जनशक्ति अनुसार शौचालय र स्नान घर व्यवस्थित गर्दै लगिएको, कमाण्ड पूर्वानुमान सूचि प्रकाशन गरिएको, बिएमआई लागू भएको, विदालाई बैज्ञानिक बनाउन ‘विदा व्यवस्थापन सफ्टवेयर’को निर्माण गरिएको, सीमा व्यवस्थापनका लागि कार्यविधि बनाई लागू गरिएको, सीमा ईलाकामा सूचना संकलनको लागि इन्टेलिजेन्स व्यूरो मार्फत तालिम प्राप्त कर्मचारी खटाईएको, सीमा निगरानी समूह स्थापना सम्बन्धि कार्यविधि २०७९ बनाईएको जानकारी दिनुभयो । यसैगरी कल्याणकारीतर्फ मुख्यालय र नेपाल एपीएफ अस्पतालमा समन्वय कक्ष स्थापना गरिएको, कुनै पनि दर्जाका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको निधन भएमा सम्मान गारद दिईने व्यवस्था मिलाईएको, माली मिशनको सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी गराउनुभयो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु किशोर कुमार लामा, सिंह बहादुर श्रेष्ठ, दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल, अवकाश प्राप्त अतिरिक्त महानिरीक्षकहरु रोहित थापा, कृष्ण विष्ट, ठाकुरमोहन श्रेष्ठ, कृष्ण कुमार तामाङ्ग, प्रकाश ओझा, प्रेम कुमार शाही, खडानन्द चौधरी, सुबोध अधिकारी, राजेश श्रेष्ठ, जानकीराज भट्टराई लगायत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरुको सभागिता रहेको थियो ।