सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको विभिन्न सामान बरामद |
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट पश्चिम नवलपरासीले साउन ३१गते पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १८ स्थित सीमा ईलाकाबाट अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १२ लाख ९० हजार रुपैयाँ बराबरको ३० बोरा चिनी बोलेरो पिकअपसहित बरामद गरेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजहवाले सोही जिल्लाको सरावल गाँउपालिका ७ बाट करीब ५६ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । यसअघि सोही जिल्लाको प्रतापपुर गाँउपालिका ५ बाट साउन २१ गते सशस्त्र प्रहरीले करीब ३ लाख ४४ हजार रुपैयाँ बराबरको नम्बर प्लेट नभएको एउटा ट्रयाक्टर, ट्रली र त्यसमा रहेको अवैध कवाडी सामान नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीले बरामद सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाएको छ । यसैगरी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले साउन २२ गते पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ५ बाट बिल बिजक नभएको पाँच बोरा लत्ताकपडासहित एउटा सवारी साधन नियन्त्रणमा लिएको छ । यूपी ५३ एम १८०० नम्बरको अल्टो कारमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडाको बिल बिजक नभएको फेला परेपछि उक्त लत्तापकडा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ । |