सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ |
पर्सा, पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट साउन १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतमा घर बताउने १९ वर्षिय रोहित कुमार सोनारलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी भिष्वाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम ३ सय एम्पुल, नोफिन ३ सय एम्पुल र फेनारगन ३ सय एम्पुल फेला पारेको हो । पक्राउ परेका सोनारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |