Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मानकाठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता’मा नेपाल एपीएफ क्लवका पदक विजेता खेलाडीहरुलाई असार १३ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सम्मान गर्नुभएको छ । उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विजयी खेलाडीहरुलाई हार्दिक बधाई दिनुहुँदै खेलकुद क्षेत्रको बिकासमा टेवा पुग्ने गरी संगठनमा आवद्ध खेलाडीहरुको मनोवल उच्च बनाई राख्न आवश्यक सेवा सुविधाहरु समेत थप गर्दै लैजाने संगठनको योजना रहेको बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी खेलाडीहरु, व्यवस्थापक तथा प्रशिक्षकहरुलाई धन्यवाद दिनुहुँदै नेपाल एपीएफ क्लवका खेलाडीहरुले संगठनमा उपलब्ध श्रोतसाधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल एथलेटिक्स संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा यही असार १० गतेदेखि १२ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २३ पदक जित्न सफल भएका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, नेपाल एपीएफ क्लवका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/oSFWSHd8zNmmViGaKgFBUQ==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता’मा नेपाल एपीएफ क्लवका पदक विजेता खेलाडीहरुलाई असार १३ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सम्मान गर्नुभएको छ । उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विजयी खेलाडीहरुलाई हार्दिक बधाई दिनुहुँदै खेलकुद क्षेत्रको बिकासमा टेवा पुग्ने गरी संगठनमा आवद्ध खेलाडीहरुको मनोवल उच्च बनाई राख्न आवश्यक सेवा सुविधाहरु समेत थप गर्दै लैजाने संगठनको योजना रहेको बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी खेलाडीहरु, व्यवस्थापक तथा प्रशिक्षकहरुलाई धन्यवाद दिनुहुँदै नेपाल एपीएफ क्लवका खेलाडीहरुले संगठनमा उपलब्ध श्रोतसाधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल एथलेटिक्स संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा यही असार १० गतेदेखि १२ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २३ पदक जित्न सफल भएका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, नेपाल एपीएफ क्लवका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।