Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
दुर्घटनामा परी घाईते भएका तीन जनाको सशस्त्र प्रहरीद्धारा उद्धार |
सर्लाही, सर्लाही जिल्लाको हरिपुर नगरपालिका ४ स्थित ढेङग्रापुल नजिकै फागुन २२ गते राती भएको दुर्घटनामा परी घाईते भएका तीन जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । हरिपुबाट मलंगवातर्फ जाँदै गरेको बा ४१ प ९२७७ नम्बरको मोटरसाईकले सोही दिशा तर्फबाट जाँदै गरेको साईकललाई ठक्कर दिँदा सर्लाही जिल्लाको कविलासी नगरपालिका १० बस्ने २२ बर्षिय लक्ष्मण राम, २० बर्षिय अनिल चौधरी र २० बर्षिय श्याम लाल घाइते भएका थिए । सो दुर्घटनाबारे जानकारी पाउँनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फरहदवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक सहदेव चौधरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको उद्धार गरी उपचारको लागि स्थानीय अस्पताल मलंगवातर्फ पठाएको छ । |