Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रमकाठमाडौं, २१औं सशस्त्र प्रहरी दिवस–२०७८ को पुनित अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आईतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ । उक्त विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक खनालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई एक अब्बल सुरक्षा निकायको रुपमा स्थापित गर्ने सिलसिलामा शहीद भएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान तथा त्यागको स्मरण गर्नुभयो । उहाँले सांगठानिक बिकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने अवकाश प्राप्त अग्रज संगठन प्रमुखहरु एवं पूर्व राष्ट्रसेवकहरुको साथै वहालवाला सकल दर्जाका राष्ट्रसेवकहरुले पु¥याउनुभएको योगदान र कर्तव्य परायणताको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै कर्तव्यपालनको सिलसिलामा शारिरीक क्षती व्यहोरेका राष्ट्रसेवकहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । उक्त विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान–२०७८’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार पारस खाम्चालाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो । महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गर्नुभएको उक्त विशेष समारोहमा देशभरका एकाईहरुमध्ये सर्वोत्कृष्ट ठहरीएका तालिम शिक्षालय, गण हेक्वा, गुल्म हेक्वा तथा बोर्डर आउट पोष्टलाई रनिङ्ग अवार्ड समेत प्रदान गर्नुभयो । त्यसैअवसरमा उहाँले विभिन्न प्राकृतिक प्रकोपबाट पीडित बहालवाला तथा अवकाशप्राप्त १३ जना राष्ट्रसेवकहरुलाई नगद राहत उपलब्ध गराउनुकोसाथै संगठनलाई अनुकरणीय सहयोग पु¥याउनुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई समेत कदरपत्र प्रदान गर्नुभयो । यसैगरी अमर सशस्त्र प्रहरीका ७२ जना सन्ततिहरुको शिक्षाको लागि वार्षिक रुपमा उपलब्ध गराउने गरिएको छात्रबृत्ति रकम तथा १२ कक्षा उतीर्ण भई उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती २४ जनालाई छात्रवृत्ती स्वरुप उपलब्ध गराईएको नगद कल्याण्कारी सेबा केन्द्रबाट उहाँहरुको बैक खातामा जम्मा गरिएको छ । यसैगरी ७० बर्ष पुरा भएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई जनही १२ हजारको दरले तथा बर्षभरी गम्भिर रोगले ग्रष्त भई उपचार गराई रहनुभएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुको परिवारजन गरी ७५ जनालाई नगद सहयोग समेत उहाँहरुको बैक खातामा जम्मा गरिएको छ । सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले ब्रेन ट्युमरबाट पीडित सशस्त्र प्रहरी कर्मचारीको परिवार सिजन सुनारलाई नगद ५० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
/uploads/news/S2KK58jc9zFc+xIFpoR3+A==.jpg
सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रम
काठमाडौं, २१औं सशस्त्र प्रहरी दिवस–२०७८ को पुनित अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आईतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ । उक्त विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक खनालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई एक अब्बल सुरक्षा निकायको रुपमा स्थापित गर्ने सिलसिलामा शहीद भएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान तथा त्यागको स्मरण गर्नुभयो । उहाँले सांगठानिक बिकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने अवकाश प्राप्त अग्रज संगठन प्रमुखहरु एवं पूर्व राष्ट्रसेवकहरुको साथै वहालवाला सकल दर्जाका राष्ट्रसेवकहरुले पु¥याउनुभएको योगदान र कर्तव्य परायणताको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै कर्तव्यपालनको सिलसिलामा शारिरीक क्षती व्यहोरेका राष्ट्रसेवकहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । उक्त विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान–२०७८’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार पारस खाम्चालाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो । महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गर्नुभएको उक्त विशेष समारोहमा देशभरका एकाईहरुमध्ये सर्वोत्कृष्ट ठहरीएका तालिम शिक्षालय, गण हेक्वा, गुल्म हेक्वा तथा बोर्डर आउट पोष्टलाई रनिङ्ग अवार्ड समेत प्रदान गर्नुभयो । त्यसैअवसरमा उहाँले विभिन्न प्राकृतिक प्रकोपबाट पीडित बहालवाला तथा अवकाशप्राप्त १३ जना राष्ट्रसेवकहरुलाई नगद राहत उपलब्ध गराउनुकोसाथै संगठनलाई अनुकरणीय सहयोग पु¥याउनुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई समेत कदरपत्र प्रदान गर्नुभयो । यसैगरी अमर सशस्त्र प्रहरीका ७२ जना सन्ततिहरुको शिक्षाको लागि वार्षिक रुपमा उपलब्ध गराउने गरिएको छात्रबृत्ति रकम तथा १२ कक्षा उतीर्ण भई उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती २४ जनालाई छात्रवृत्ती स्वरुप उपलब्ध गराईएको नगद कल्याण्कारी सेबा केन्द्रबाट उहाँहरुको बैक खातामा जम्मा गरिएको छ । यसैगरी ७० बर्ष पुरा भएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई जनही १२ हजारको दरले तथा बर्षभरी गम्भिर रोगले ग्रष्त भई उपचार गराई रहनुभएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुको परिवारजन गरी ७५ जनालाई नगद सहयोग समेत उहाँहरुको बैक खातामा जम्मा गरिएको छ । सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले ब्रेन ट्युमरबाट पीडित सशस्त्र प्रहरी कर्मचारीको परिवार सिजन सुनारलाई नगद ५० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।