सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ |
काठमाडौं, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित गोरखा जिल्लाको बुङकोट ७ बस्ने २३ बर्षिय मनोज श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट १० पत्ता, एभिल २३ वटा र लुपीजेसिक ७७ वटा फेला पारेको हो । पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी मोरङ जिल्लाको विराटनगर महानगपालिका १५ स्थित नम्बर २ ढापबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित झापा जिल्लाको दमक नगरपालिका १ बस्ने २७ बर्षिय रोशन तामाङलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा एभिल ८ वटा, लुपिजेसिक ८ वटा, डाईजेपाम ८ वटा र फेनेरागन ८ वटा फेला पारेको हो । पक्राउ परेका तामाङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |