Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, रौटहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टिस्थित सीमा ईलाकाबाट फागुन २ गते एपीएफ टोलीले करीब १ लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले फागुन २ गते करीब १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मुर्ती तथा गरगहना बरामद गरेको छ । अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त मुर्ती तथा गरगहना रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बाईपास ईलाकाबाट बरामद गरिएको हो । बरामद सामाग्री स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ र ४ को सीमा ईलाकाबाट फागुन २ गते एपीएफ टोलीले करीब १ लाख ७७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स, मोबाईल फोनको कभर र कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रौटहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टिस्थित सीमा ईलाकाबाट फागुन २ गते एपीएफ टोलीले करीब १ लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले फागुन २ गते करीब १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मुर्ती तथा गरगहना बरामद गरेको छ । अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त मुर्ती तथा गरगहना रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बाईपास ईलाकाबाट बरामद गरिएको हो । बरामद सामाग्री स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ र ४ को सीमा ईलाकाबाट फागुन २ गते एपीएफ टोलीले करीब १ लाख ७७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स, मोबाईल फोनको कभर र कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।