सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ |
बारा, बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ कल्याणपुर सीमा ईलाकाबाट साउन ९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतको पूर्वी चम्पारण जिल्ला आदापुर घर बताउने १८ वर्षिय सन्तोष कुमार रजकलाई पक्राउ गरेको छ । भारतीय नम्बरको मोटरसाईकलमा सवार निज रजकलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम ८ सय ९० वटा, नोफ्रिन ९ सय १ वटा र फेरागन ९ सय २५ वटा फेला पारेको हो । पक्राउ परेका रजकलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |