Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउकाठमाडौं, कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १० भुडास्थित सीमा ईलाकाबाट जेठ ८ गते सशस्त्र प्रहरीले करीव ५ ग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षिय नरेन्द्र चन्द र २२ वर्षिय टेकबहादुर शाही छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिणामको खैरो हेरोईन फेला परेको हो । पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोईनसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ सिर्सियास्थित सीमा ईलाकाबाट जेठ ९ गते सशस्त्र प्रहरीले करीव १ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र १० ग्राम गाँजासहित सोही जिल्लाको बीरगंज महानगरपालिका १ बस्ने शाहिल मियालाई पक्राउ गरेको छ । भारतबाट लुकिछिपी नेपालतर्फ आउँदै गरेका मियालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका मियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १० भुडास्थित सीमा ईलाकाबाट जेठ ८ गते सशस्त्र प्रहरीले करीव ५ ग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षिय नरेन्द्र चन्द र २२ वर्षिय टेकबहादुर शाही छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिणामको खैरो हेरोईन फेला परेको हो । पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोईनसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ सिर्सियास्थित सीमा ईलाकाबाट जेठ ९ गते सशस्त्र प्रहरीले करीव १ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र १० ग्राम गाँजासहित सोही जिल्लाको बीरगंज महानगरपालिका १ बस्ने शाहिल मियालाई पक्राउ गरेको छ । भारतबाट लुकिछिपी नेपालतर्फ आउँदै गरेका मियालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका मियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।