सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद |
काठमाडौं, दाङ्ग जिल्लाको राप्ती गाउँपालिका १ स्थित भालुवाङ्गबाट चैत्र २५ गते एपीएफ टोलीले करीव एक लाख ४७ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५७५ नम्बरको यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको उक्त लत्ताकपडाको कागजपत्र नभएको फेलापरेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण दाङ्गबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ बाईपासस्थित सीमा ईलाकाबाट चैत्र २४ गते एपीएफ टोलीले करीव १ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ । |