Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सालको गोलिया काठसहित पक्राउ |
रौतहट, रौतहट जिल्लाको गुजरा नगरपालिका ४ स्थित लालबकैया खोलाको किनाराबाट असार २१ गते एपीएफ टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीले करीव १८ क्यूफिट सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको फतुवा बिजयपुर नगरपालिका ८ बस्ने ३९ वर्षिय गफुर मोहमद छन् । तीन वटा साईकलमा राखी ल्याउँदै गरेको अवस्थामा उक्त सालको गोलिया काठसहित निज मोहमदलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश जंगलसैयाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीले पक्राउ गरेको हो । पक्राउ परेका मोहमदलाई बरामाद काठ तथा उक्त साईकलसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय जंगलसैयामा बुझाएको छ । |