Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

उच्च मनोबलका साथ कार्य गर्न महानिरीक्षक खनालको निर्देशन काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलका साथ खटिन निर्देशन दिनुभएको छ । हालै सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिन्ह लगाई दिएपछि मातहत अधिकृतहरुलाई उहाँले सो निर्देशन दिनुभएको हो । नेतृत्व तहले राष्ट्र, जनता र संगठनको हितमा कार्य गरेको भन्दै उहाँले आपूmले के पाएँ होइन मैले राष्ट्र र संगठनका लागि के गरेँ भनेर सोच्नुपर्ने बताउनुभयो । सामूहिक भावनाले कार्य गर्न मातहतलाई निर्देशन दिँदै महानिरीक्षक खनालले आपूmलाई समय सापेक्ष परिवर्तन र परिमार्जन गर्दै मूलुक र जनताको हितमा हरसमय कार्य गर्न समेत निर्देशन दिनुभयो । राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्ने कार्यमा कमाण्डरहरु थप जिम्मेवार हुनुपर्ने बताउँदै उहाँले पद र जिम्मेवारीले मानिसमा परिवर्तन ल्याउने र सो परिवर्तनले समग्र मूलुक र जनतालाई फाइदा पुग्ने बताउनुभयो । राष्ट्र, राष्ट्रियता र जनता भन्दा ठूलो कोही नभएको उल्लेख गर्नुहुँदै उहाँले प्रत्येक राष्ट्रसेवक कर्मचारीहरु ईमान्दार र कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा, सुरक्षा सहयोग तथा उद्धारमा अविचलित भई अहोरात्र खटिन समेत निर्देशन दिनुभएको छ । सो अवसरमा उहाँले नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार २ सय २१ वटा बोर्डर आउट पोष्ट १ बर्षभित्र स्थापना गर्ने लक्ष्य अनुरुप हालसम्म १ सय २४ ठाउँमा स्थापना भईसकेको र यस वीचमा उत्तरतर्फ २ वटा बोर्डर आउट पोष्ट स्थापना गर्न सफल भएको जानकारी समेत दिनुभयो । सो समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
/uploads/news/l0SCjWkIZCWBqxwsWGenJw==.jpg
उच्च मनोबलका साथ कार्य गर्न महानिरीक्षक खनालको निर्देशन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलका साथ खटिन निर्देशन दिनुभएको छ । हालै सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिन्ह लगाई दिएपछि मातहत अधिकृतहरुलाई उहाँले सो निर्देशन दिनुभएको हो । नेतृत्व तहले राष्ट्र, जनता र संगठनको हितमा कार्य गरेको भन्दै उहाँले आपूmले के पाएँ होइन मैले राष्ट्र र संगठनका लागि के गरेँ भनेर सोच्नुपर्ने बताउनुभयो । सामूहिक भावनाले कार्य गर्न मातहतलाई निर्देशन दिँदै महानिरीक्षक खनालले आपूmलाई समय सापेक्ष परिवर्तन र परिमार्जन गर्दै मूलुक र जनताको हितमा हरसमय कार्य गर्न समेत निर्देशन दिनुभयो । राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्ने कार्यमा कमाण्डरहरु थप जिम्मेवार हुनुपर्ने बताउँदै उहाँले पद र जिम्मेवारीले मानिसमा परिवर्तन ल्याउने र सो परिवर्तनले समग्र मूलुक र जनतालाई फाइदा पुग्ने बताउनुभयो । राष्ट्र, राष्ट्रियता र जनता भन्दा ठूलो कोही नभएको उल्लेख गर्नुहुँदै उहाँले प्रत्येक राष्ट्रसेवक कर्मचारीहरु ईमान्दार र कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा, सुरक्षा सहयोग तथा उद्धारमा अविचलित भई अहोरात्र खटिन समेत निर्देशन दिनुभएको छ । सो अवसरमा उहाँले नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार २ सय २१ वटा बोर्डर आउट पोष्ट १ बर्षभित्र स्थापना गर्ने लक्ष्य अनुरुप हालसम्म १ सय २४ ठाउँमा स्थापना भईसकेको र यस वीचमा उत्तरतर्फ २ वटा बोर्डर आउट पोष्ट स्थापना गर्न सफल भएको जानकारी समेत दिनुभयो । सो समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।