सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा श्रोत नखुलेको पाँच लाख रुपैयाँसहित पक्राउ |
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ लच्का स्थित सीमा ईलाकाबाट फागुन १३ गते एपीएफ टोलीले श्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामणी जिल्ला शोनबर्षा ग्रामपञ्चायत १३ घर बताउने ६० वर्षिय गणेश महतो छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेश मलंगवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका निज महतोले शरिरको विभिन्न भागमा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित रुपैयाँ फेला परेपछि एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेका निज यादवलाई बरामद रुपैयाँ तथा एक थान साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ । |