Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spokes_nohat.jpg Ajaya Kumar ChhatkuliAsst. SpokespersonDYSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Ajaya Kumar Chhatkuli
Asst. Spokesperson Armed Police Force, Nepal
+977 - 9851272007
ajayachhatkuli@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउकाठमाडौं, सिरहा जिल्लाको सिरहा नगरपालिका १ स्थित शिवचोकबाट पौष २२ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका २ जमदह बस्ने ३६ वर्षिय मनोजकुमार साह छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । को ३१ प ४१८४ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईलेक्स डिसी ६ बोतल र नाईट्राभेट ट्याब्लेट १२ वटा फेला परेपछि एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा उक्त स्कुटरसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाईएको छ । यसैगरी सोही जिल्लाकै सिरहा नगरपालिका १७ खैरटोका स्थित सिरहा भन्सार कार्यालय नजिकैबाट पौष २३ गते एपीएफ टोलीले ७ बोतल डाईलेक्स नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिर्चैया नगरपालिका ७ बस्ने २५ वर्षिय कधोसुली महरा र विष्णुपुर गाउँपालिका २ बस्ने २७ वर्षिय ब्रम्हदेव यादव छन् । स ८ प ४५३७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, सिरहा जिल्लाको सिरहा नगरपालिका १ स्थित शिवचोकबाट पौष २२ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका २ जमदह बस्ने ३६ वर्षिय मनोजकुमार साह छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । को ३१ प ४१८४ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईलेक्स डिसी ६ बोतल र नाईट्राभेट ट्याब्लेट १२ वटा फेला परेपछि एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा उक्त स्कुटरसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाईएको छ । यसैगरी सोही जिल्लाकै सिरहा नगरपालिका १७ खैरटोका स्थित सिरहा भन्सार कार्यालय नजिकैबाट पौष २३ गते एपीएफ टोलीले ७ बोतल डाईलेक्स नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिर्चैया नगरपालिका ७ बस्ने २५ वर्षिय कधोसुली महरा र विष्णुपुर गाउँपालिका २ बस्ने २७ वर्षिय ब्रम्हदेव यादव छन् । स ८ प ४५३७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।