Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ कोशी व्यारेज स्थित सीमा ईलाकाबाट पौष २ गते एपीएफ टोलीले करीव एक लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ दुईवटा साईकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको एक सय ७० के.जी. प्याज, लत्ताकपडा तथा मेसिनरी सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पौष १ गते करीव एक लाख ३५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा स्टेशनरी सामान एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्वार्थ नगरपालिका १ स्थित डण्डा ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ कोशी व्यारेज स्थित सीमा ईलाकाबाट पौष २ गते एपीएफ टोलीले करीव एक लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ दुईवटा साईकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको एक सय ७० के.जी. प्याज, लत्ताकपडा तथा मेसिनरी सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पौष १ गते करीव एक लाख ३५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा स्टेशनरी सामान एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्वार्थ नगरपालिका १ स्थित डण्डा ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ ।