Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउकाठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरीयाबाट असोज ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ५ बस्ने १९ वर्षिय संजय परियार छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले निज परियालाई जाँच गर्दा उनको साथमा स्पास्मो टयब्लेट ४६ वटा र नाईट्रोभेट ट्याब्लेट ५५ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका परियारलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट असोज ७ गते २५ बोतल वीनसिरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ११ गोल्फीनटार बस्ने २५ वर्षिय रिजन लामिछाने छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज लामिछानेले हटकेशको कार्टुन भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज लामिछानेलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरी बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरीयाबाट असोज ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ५ बस्ने १९ वर्षिय संजय परियार छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले निज परियालाई जाँच गर्दा उनको साथमा स्पास्मो टयब्लेट ४६ वटा र नाईट्रोभेट ट्याब्लेट ५५ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका परियारलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट असोज ७ गते २५ बोतल वीनसिरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ११ गोल्फीनटार बस्ने २५ वर्षिय रिजन लामिछाने छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज लामिछानेले हटकेशको कार्टुन भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज लामिछानेलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरी बुझाईएको छ ।