Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक समक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुद्वारा कार्य सम्पादन सम्झौताकाठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल समक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु विच बार्षिक कार्यसम्पादन सम्झौता भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनाल समक्ष उक्त विशेष समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक त्रय पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु बाबुराम पाण्डे, चिरञ्जीवी अधिकारी, नगेन्द्र थापा, प्रजाभक्त श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र गोविन्द क्षेत्रीले कार्यसम्पादन सम्झौता गर्नुभएको हो । सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई जिम्मेवारीप्रति अझै बढि प्रतिवद्ध, कानून कार्यान्वयनमा अझै बढि दृढ तथा पारदर्शी एवं नतिजामा उत्तरदायी बनाउन तोकिएको कार्य समय, पदिय अधिकारको सीमा र जिम्मेवारीसँग आवद्ध गर्दै उक्त सम्झौता गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा जिम्मेवारीका लक्ष्य पुरा गर्न कार्यसम्पादन सम्झौताले मद्दत गर्ने विश्वास व्यक्त गर्नुहुँदै एक्लैले गरेर केही नहुने तथा सवैले मिलेर गरेमा लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्नुभयो । आपूmले गर्ने भनेको कार्य लिपीवद्ध गरेर त्यसअनुरुप अगाडी बढिँदा लक्ष्यीत उद्देश्य प्राप्तीमा सफलता प्राप्त हुने चर्चा गर्नुहुँदै उहाँले संगठनका उच्च अधिकृतहरु भीजन बनाएर अगाडी बढ्न यस सम्झौताले सघाउ पुग्ने बताउनुभयो । नीतिगत तहमा निर्णय गरिएको कुरा कार्यक्षेत्रमा तपाईहरु मार्फत कार्यान्वयन हुन्छ भन्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफुले गर्छु भनेको कुरा पूरा गर्न सधै कृयाशिल रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको म्याण्डेट भित्र रहेर सांगठानिक भीजन बनाउनु पर्ने र त्यसै अनुरुप लक्ष्य प्राप्तीमा अगाडी बढ्नु पर्ने आवश्यकता औल्याउनुहुँदै रणनीतिक योजना बनाएर अगाडी बढ्नुपर्ने तथा शान्ति सुरक्षा, सुशासन तथा सेवा सुरक्षा सहयोग र उद्धार कार्यतर्फ आफ्नो ध्यान केन्द्रीत गर्दै दायित्व निर्वाहका क्षेत्रहरुमा अगाडी बढिरहनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले पछिल्लो चरणमा आपूmले गरेका काम रेकर्डेट हुन र दायित्व निर्वाहको क्षेत्रहरुमा कामले गति लिन यस सम्झौताले सहयोग पु¥याउने बताउनुभयो । सम्झौताका यस्ता प्रयासले आपूmले गरेको कार्यको समिक्षा आफैले गर्न समेत सजिलो हुने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले मातहत युनिटलाई परिचालन गर्न योजना तर्जुमा गर्दै सधै चनाखो भएर अगाडी बढ्नु पर्ने र यसबाट कार्यक्षेत्रमा सोचिए अनुरुपको परिणाम प्राप्त हुन सहयोग पुग्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले मुख्य जिम्मेवारीमा गरिएका यस्ता सम्झौताले जिम्मेवार बनाउँदै संगठनलाई सधै विश्वासिलो बनाउँदै निरन्तर अगाडी बढ्न सकिने विश्वास व्यक्त गर्नुहुँदै कामकारवाहीको दौरानमा आईपर्ने सम्झौता बाहेकका कुराहरुलाई समेत समेटेर उत्कृष्ट कार्य गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । विगतबाट पाठ सिकेर आगामी दिनमा गर्नुपर्ने कार्यको तयारी गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता औल्याउनु हुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले कार्यक्षेत्रमा देखिएका समस्या तथा कमिकमजोरीलाई निराकरण गर्दै अगाडी बढ्नु पर्ने बताउँदै सामूहिक प्रयासले संगठनलाई अझै अगाडी बढाउन सकिने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सम्झौतामा उल्लेखित कामकारवाहीलाई कार्यक्षेत्रमा कार्यान्वयन गराउँदा संगठनलार्ई अझै उचाईमा पु¥याउन मद्दत पुग्ने बताउनुहुँदै कार्यसम्पादन सम्झौता फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । कामकारवाहीको दौरानमा गुनासो नआउनेतर्फ ध्यान पु¥याउनुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सांगठानिक लक्ष्य प्राप्तीमा सामूहिक भावनाका साथ अगाडी बढ्नुपर्ने र विगतमा देखिएका कमिकमजोरीलाई सुधार गर्दै अगाडी बढ्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
/uploads/news/TmEqdLizPjGTBUMX2gj9rA==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक समक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुद्वारा कार्य सम्पादन सम्झौता
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल समक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु विच बार्षिक कार्यसम्पादन सम्झौता भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनाल समक्ष उक्त विशेष समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक त्रय पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु बाबुराम पाण्डे, चिरञ्जीवी अधिकारी, नगेन्द्र थापा, प्रजाभक्त श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र गोविन्द क्षेत्रीले कार्यसम्पादन सम्झौता गर्नुभएको हो । सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई जिम्मेवारीप्रति अझै बढि प्रतिवद्ध, कानून कार्यान्वयनमा अझै बढि दृढ तथा पारदर्शी एवं नतिजामा उत्तरदायी बनाउन तोकिएको कार्य समय, पदिय अधिकारको सीमा र जिम्मेवारीसँग आवद्ध गर्दै उक्त सम्झौता गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा जिम्मेवारीका लक्ष्य पुरा गर्न कार्यसम्पादन सम्झौताले मद्दत गर्ने विश्वास व्यक्त गर्नुहुँदै एक्लैले गरेर केही नहुने तथा सवैले मिलेर गरेमा लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्नुभयो । आपूmले गर्ने भनेको कार्य लिपीवद्ध गरेर त्यसअनुरुप अगाडी बढिँदा लक्ष्यीत उद्देश्य प्राप्तीमा सफलता प्राप्त हुने चर्चा गर्नुहुँदै उहाँले संगठनका उच्च अधिकृतहरु भीजन बनाएर अगाडी बढ्न यस सम्झौताले सघाउ पुग्ने बताउनुभयो । नीतिगत तहमा निर्णय गरिएको कुरा कार्यक्षेत्रमा तपाईहरु मार्फत कार्यान्वयन हुन्छ भन्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफुले गर्छु भनेको कुरा पूरा गर्न सधै कृयाशिल रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको म्याण्डेट भित्र रहेर सांगठानिक भीजन बनाउनु पर्ने र त्यसै अनुरुप लक्ष्य प्राप्तीमा अगाडी बढ्नु पर्ने आवश्यकता औल्याउनुहुँदै रणनीतिक योजना बनाएर अगाडी बढ्नुपर्ने तथा शान्ति सुरक्षा, सुशासन तथा सेवा सुरक्षा सहयोग र उद्धार कार्यतर्फ आफ्नो ध्यान केन्द्रीत गर्दै दायित्व निर्वाहका क्षेत्रहरुमा अगाडी बढिरहनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले पछिल्लो चरणमा आपूmले गरेका काम रेकर्डेट हुन र दायित्व निर्वाहको क्षेत्रहरुमा कामले गति लिन यस सम्झौताले सहयोग पु¥याउने बताउनुभयो । सम्झौताका यस्ता प्रयासले आपूmले गरेको कार्यको समिक्षा आफैले गर्न समेत सजिलो हुने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले मातहत युनिटलाई परिचालन गर्न योजना तर्जुमा गर्दै सधै चनाखो भएर अगाडी बढ्नु पर्ने र यसबाट कार्यक्षेत्रमा सोचिए अनुरुपको परिणाम प्राप्त हुन सहयोग पुग्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले मुख्य जिम्मेवारीमा गरिएका यस्ता सम्झौताले जिम्मेवार बनाउँदै संगठनलाई सधै विश्वासिलो बनाउँदै निरन्तर अगाडी बढ्न सकिने विश्वास व्यक्त गर्नुहुँदै कामकारवाहीको दौरानमा आईपर्ने सम्झौता बाहेकका कुराहरुलाई समेत समेटेर उत्कृष्ट कार्य गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । विगतबाट पाठ सिकेर आगामी दिनमा गर्नुपर्ने कार्यको तयारी गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता औल्याउनु हुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले कार्यक्षेत्रमा देखिएका समस्या तथा कमिकमजोरीलाई निराकरण गर्दै अगाडी बढ्नु पर्ने बताउँदै सामूहिक प्रयासले संगठनलाई अझै अगाडी बढाउन सकिने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सम्झौतामा उल्लेखित कामकारवाहीलाई कार्यक्षेत्रमा कार्यान्वयन गराउँदा संगठनलार्ई अझै उचाईमा पु¥याउन मद्दत पुग्ने बताउनुहुँदै कार्यसम्पादन सम्झौता फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । कामकारवाहीको दौरानमा गुनासो नआउनेतर्फ ध्यान पु¥याउनुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सांगठानिक लक्ष्य प्राप्तीमा सामूहिक भावनाका साथ अगाडी बढ्नुपर्ने र विगतमा देखिएका कमिकमजोरीलाई सुधार गर्दै अगाडी बढ्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।