Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बिभिन्न ठाउँमा बाढिले बगाएकाको एपीएफ टोलीद्वारा शव फेला

काठमाडौं,
        बर्दिया जिल्लाको राजापुर नगरपालिका १ बाट साउन २ गते एपीएफ टोलीले एक
जनाको शव फेला पारेको छ ।
        सोही जिल्लाको छोटकी दोलतपुर बस्ने ६१ वर्षीय खड्गबहादुर रावल सो
स्थानमा रहेको बुढी कुलो तर्ने क्रममा बगाएर बेपत्ता भएका थिए ।
सो बारे जानकारी पाउँनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट
राजापुरबाट खटिएको एपीएफ टोलीले खोजी कार्य गर्दा निज रावलको शव सोही
कुलोको किनारामा फेला पारेको हो ।
        एपीएफ टोलीले निज रावलको शव स्थानिय प्रहरीलाई बुझाएको छ ।
        यसैगरी चितवन जिल्लाको सौराह ढुङ्गाघाटबाट साउन २ गते एपीएफ टालीले एक
जनाको शव फेला पारेको छ ।
सोही जिल्लाको रत्ननगर नगरपालिका ८ स्थित बुढी राप्ती खोलामा नाम वतन
नखुलेको अन्दाजी ५० वर्षीय एकजना व्यक्ति हाम फालेर बेपत्ता भएको भन्ने
जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३ गढीमाई बाहीनी मुख्यालय
मकवानपुरबाट खटिएको एपीएफ टोलीले खोजी कार्यगर्दा उनकोे शव सौराहको
ढुङ्गाघाटमा फेला पारेको हो ।
एपीएफ टोलीले उक्त शव स्थानिय प्रहरीलाई बुझाएको छ ।
        यसैगरी डोल्पा जिल्लाको मुड्के चुल्ला गाउँपालिका १ स्थित कौसिला खोलामा
बाढिले बगाई बेपत्ता भएका दुई जनाको शव साउन १ गते एपीएफ टोली र स्थानीय
प्रहरीले फेला पारेको छ ।
सो खोलामा रहेको पानी घट्टामा आउने जाने क्रममा बेपत्ता भएका
व्यक्तिहरुमध्ये सोही गाउँपालिका २ बस्ने १२ वर्षकी सोना कार्की र १
बस्ने १२ वर्षकी सारीका बोहोराको शव फेला परेको हो ।
        यही असार २८ गते आएको बाढिले सो ठाउँमा रहेको तीनजना व्यक्तिको घर, लघु
जलविद्युतको ट्याङ्कीको पाईप तथा १० वटा पानी घट्टा र केही व्यक्तिहरु
बगाएको भन्ने जानकारी पाएपछि एपीएफ टोली खोजी तथा उद्वार कार्यमा जुटेको
थियो ।
        सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४६ गुल्म हेक्वा डोल्पाबाट खटिएको एपीएफ
टोली र स्थानीय प्रहरीको टोलीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला
पारिएको हो ।
        यसैगरी कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका ८ बिजुवास्थित पोखरीमा
माछा मार्ने क्रममा बेपत्ता भएका दुई जनाको शव साउन १ गते एपीएफ टोली,
स्थानीय प्रहरी र स्थानीय वासिन्दाले फेला पारेका छन् ।
        सोही ठाउँ बस्ने १२ वर्षिय दुर्गेश कोरी र ११ वर्षिय मुकेश कोरी उक्त
पोखरीमा माछा मार्ने क्रममा बेपत्ता भएका थिए ।
        सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरी र स्थानीय
वासिन्दाले उक्त पोखरीबाट उनीहरुको शव निकालेको हो ।
 
{ /images/misc/no-image.jpg }