Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डद्वारा संयुक्त सांगितीक प्रस्तुतीसशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा बिहिबार एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डको संयुक्त सांगितीक प्रस्तुती सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डबीच बिगतदेखि नै निरन्तर रुपमा सांगितीक प्रस्तुती तथा प्रशिक्षणको आयोजना हुँदै आएको स्मरण गर्नुहुँदै यस्ता किसिमका कार्यक्रमले दुई देश र संगठनहरु बीच भएको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्ड बीचको संयुक्त प्रस्तुती सशस्त्र प्रहरी बल, नेपाल र ब्रिटिस गोर्खा बीचको बलियो बन्धनको प्रतिक तथा एक आपसमा भईरहेको सहकार्यको एउटा उदाहरण समेत रहेको बताउनुहुँदै यस किसिमको कार्यक्रम आगामी दिनहरुमा समेत निरन्तर भईरहने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले संयुक्त ब्याण्ड टिमका सदस्यहरुले प्रस्तुत गरेका उत्कृष्ट सांगितीक धुनको प्रशंसा गर्नुहुँदै धन्यवाद समेत दिनुभएको थियो । उक्त कार्यक्रममा दुई वटै देशका विभिन्न गितहरुको सुमधुर सांगितीक धुनहरु प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा महानिरीक्षक अर्यालले British Gurkhas Band की Music Director Captain Esther Hayesलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा बेलायती राजदुतावासका प्रतिनिधि लेफ्टिनेन्ट कर्णेल कमल गुरुङ्ग लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, बिल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।
/uploads/news/menAh5CVlHfW7ZqFgsD5Iw==.jpg
एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डद्वारा संयुक्त सांगितीक प्रस्तुती
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा बिहिबार एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डको संयुक्त सांगितीक प्रस्तुती सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डबीच बिगतदेखि नै निरन्तर रुपमा सांगितीक प्रस्तुती तथा प्रशिक्षणको आयोजना हुँदै आएको स्मरण गर्नुहुँदै यस्ता किसिमका कार्यक्रमले दुई देश र संगठनहरु बीच भएको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्ड बीचको संयुक्त प्रस्तुती सशस्त्र प्रहरी बल, नेपाल र ब्रिटिस गोर्खा बीचको बलियो बन्धनको प्रतिक तथा एक आपसमा भईरहेको सहकार्यको एउटा उदाहरण समेत रहेको बताउनुहुँदै यस किसिमको कार्यक्रम आगामी दिनहरुमा समेत निरन्तर भईरहने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले संयुक्त ब्याण्ड टिमका सदस्यहरुले प्रस्तुत गरेका उत्कृष्ट सांगितीक धुनको प्रशंसा गर्नुहुँदै धन्यवाद समेत दिनुभएको थियो । उक्त कार्यक्रममा दुई वटै देशका विभिन्न गितहरुको सुमधुर सांगितीक धुनहरु प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा महानिरीक्षक अर्यालले British Gurkhas Band की Music Director Captain Esther Hayesलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा बेलायती राजदुतावासका प्रतिनिधि लेफ्टिनेन्ट कर्णेल कमल गुरुङ्ग लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, बिल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।