सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा गाँजा र गाडीसहित व्यक्ति नियन्त्रणमा |
मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व-पश्चिम लोकमार्गबाट फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी.गाँजा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा नगरपालिका ३ बस्ने बिशाल गोपालीलाई गाँजा र गाडीसहित नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ना ६ ख ४५२० नम्बरको गाडीमा जाँच गर्दा गाडीको क्याविनमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको थियो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गोपालीलाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको छ । |