सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
प्रशासनिक व्यवस्थापन तालिम उद्घाटन |
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा माघ २२ गतेदेखि सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि सि.सं. २ प्रशासनिक व्यवस्थापन तालिम संचालन भएको छ । उक्त तालिमको सोही प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले तालिममा सहभागी प्रशिक्षार्थी अधिकृतहरुले तालिमलाई व्यावसायिक ज्ञान, कला कौशल सिक्ने महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने बताउनुहुँदै यस्ता व्यावसायिक तालिमले पेशागत दक्षता अभिबृद्ध गर्नुको साथ व्यावसायिक जीवनमा समेत टेवा पुर्याउने उल्लेख गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा प्रशासनिक कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न यस किसिमको तालिमले थप मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । पाँच हप्ता अवधिको उक्त तालिममा ७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २० जना सशस्त्र प्रहरी निरीक्षक गरी कुल २७ जना सशस्त्र प्रहरी अधिकृतहरुको सहभागित रहेको छ । कार्यक्रममा सो प्रतिष्ठानका सिनियर अधिकृत, जुनियर अधिकृत लगायत विल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो । |