सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद |
काठमाडौं, कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्याउलेबाट असार ३० गते सशस्त्र प्रहरीले करीव ३ लाख ७३ हजार रुपैयाँ बराबरकोे लत्ताकपडा र पाउडर दुध बरामद गरेको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी रौतहट जिल्लाको बौधीमाई नगरपालिका ५ कोपुवाबाट असार ३० गते सशस्त्र प्रहरीले करीव ६६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । बी.आर. १ ए.के. ७३३१ नम्बरको कारमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी समरजुवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त कार समेत बरामद गरिएको छ । बरामद सामान तथा कार स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । |