Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सशस्त्र प्रहरी उपरीक्षकहरुलाई दज्र्यानी चिन्ह प्रदान:–काठमाडौ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार १६ गते आयोजित एक समारोहका बीच उल्लेखित दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७९/०३/१३ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय (सचिवस्तरको) मिति २०७९/०३/१४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका २ जना गरी कूल ३९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो । समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायीक भई सकारात्मक सोचका साथ ईमान्दारिताका साथ निर्वाहमा लाग्न निर्देशन दिनुभयो । उहाँले संगठन सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा बढुवा तथा बृत्तिविकास समय सापेक्ष र बैज्ञानिक ढंगले न्यायोचित हुने गरी पद्धती विकास गर्दै कार्यान्वयनमा लागेको उल्लेख गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत दक्षता अभिबृद्धि गर्दै आफू मातहतका कर्मचारीहरुलाई प्रशिक्षित गर्दै विपद् उद्धार लगायत राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा अझ बढी ईमान्दार, वफादार र कटिबद्ध रहँदै परिचालित भई उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतका साथै सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/lxV6nnFV241HYDGV2E7zMA==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सशस्त्र प्रहरी उपरीक्षकहरुलाई दज्र्यानी चिन्ह प्रदान:–
काठमाडौ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार १६ गते आयोजित एक समारोहका बीच उल्लेखित दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७९/०३/१३ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय (सचिवस्तरको) मिति २०७९/०३/१४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका २ जना गरी कूल ३९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो । समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायीक भई सकारात्मक सोचका साथ ईमान्दारिताका साथ निर्वाहमा लाग्न निर्देशन दिनुभयो । उहाँले संगठन सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा बढुवा तथा बृत्तिविकास समय सापेक्ष र बैज्ञानिक ढंगले न्यायोचित हुने गरी पद्धती विकास गर्दै कार्यान्वयनमा लागेको उल्लेख गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत दक्षता अभिबृद्धि गर्दै आफू मातहतका कर्मचारीहरुलाई प्रशिक्षित गर्दै विपद् उद्धार लगायत राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा अझ बढी ईमान्दार, वफादार र कटिबद्ध रहँदै परिचालित भई उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतका साथै सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।