Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषध सहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ काठमाडौं, झापा जिल्लाको गौरीगंज गाँउपालिका ५ फत्तेपुर स्थित सीमा ईलाकाबाट असार १२ गते सशस्त्र प्रहरीले ९५ वटा नाईट्राभेट ट्याब्लेट सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाँउपालिका ४ बस्ने १९ बर्षिय रुपेश परियार, १८ बर्षिय निरज दनुवार र १७ बर्षिय रोमन बि.क. छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला पारिएकोे हो । यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा ईलाकाबाट असार १३ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको दुहवी नगरपालिका ७ बस्ने २० वर्षिय अभित सुतिहार छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निरडुईज १० वटा, डाईलेक्स डिसी ४ बोतल र एसपी ट्याब्लेट १३ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषध सहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ
काठमाडौं, झापा जिल्लाको गौरीगंज गाँउपालिका ५ फत्तेपुर स्थित सीमा ईलाकाबाट असार १२ गते सशस्त्र प्रहरीले ९५ वटा नाईट्राभेट ट्याब्लेट सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाँउपालिका ४ बस्ने १९ बर्षिय रुपेश परियार, १८ बर्षिय निरज दनुवार र १७ बर्षिय रोमन बि.क. छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला पारिएकोे हो । यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा ईलाकाबाट असार १३ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको दुहवी नगरपालिका ७ बस्ने २० वर्षिय अभित सुतिहार छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निरडुईज १० वटा, डाईलेक्स डिसी ४ बोतल र एसपी ट्याब्लेट १३ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।