Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

महानिरीक्षक अर्यालबाट पदवहाली तथा सकल दर्जालाई निर्देशन सम्बोधन दर्ज्यानी चिन्ह सुशोभन पश्चात नवनियुक्त संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपालको इष्टदेवी बगलामुखीमाईको पुजा अर्चना गर्नुभई पशुपतिनाथ मन्दिरमा दर्शन पश्चात सोमबार नै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पदवहाली गर्नुभयो । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा रिथ अर्पण गर्नुभयो । त्यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सम्मानमा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले सम्मान गारद सलामी अर्पण गरेको थियो । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, मिशन लगायतका कार्यहरु बैज्ञानीक र पारदर्शी ढंगले अगाडी बढाउने बताउनुहुँदै संगठनको विकास र बिस्तारमा समेत विशेष ध्यान पुर्‍याईने बताउनुभयो । उहाँले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलाप तथा कुनै पनि आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाईएमा त्यस्ता कर्मचारीहरुलाई कुनै पनि हालतमा नछाडीने बताउनुहुँदै कमाण्डर तहका अधिकृतहरुलाई कार्ययोजनाका साथ मातहत कर्मचारीहरुलाई उच्च मोरालमा राखी परिचालित गरि नियमित अनुगमन गर्न समेत निर्देशन दिनुभयो । महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थलाई थाती राखी राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु एकजुट भई सामुहिक भावनकासाथ लाग्नुपर्ने बताउनुहुँदै संगठनबाट के लिन सक्छु भन्दा पनि संगठनलाई के दिनसक्छु भन्ने भावनाकासाथ व्यावसायिक भई कार्यसम्पादनमा लाग्न निर्देशन समेत दिनुभयो । उहाँले वान जनरल वान कन्सेफ्टको नीति लागू गरी संगठनलाई अगाडी बढाईने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुको हितका लागि मौजुदा कल्याणकारी कार्यहरुलाई समेत समय सापेक्ष परिमार्जन गर्दै बृहत हितका लागि योजनाकासाथ काम गर्ने बताउनुभयो । महानिरीक्षक अर्यालले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुहुँदै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटिदा सभ्य र अनुशासित भई जिम्मेवारी निर्वाहमा क्रियाशिल रहन निर्देशन दिनुभयो । सो समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/guUhUjScGms3BQeVDM3LrQ==.jpg
महानिरीक्षक अर्यालबाट पदवहाली तथा सकल दर्जालाई निर्देशन सम्बोधन
दर्ज्यानी चिन्ह सुशोभन पश्चात नवनियुक्त संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपालको इष्टदेवी बगलामुखीमाईको पुजा अर्चना गर्नुभई पशुपतिनाथ मन्दिरमा दर्शन पश्चात सोमबार नै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पदवहाली गर्नुभयो । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा रिथ अर्पण गर्नुभयो । त्यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सम्मानमा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले सम्मान गारद सलामी अर्पण गरेको थियो । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, मिशन लगायतका कार्यहरु बैज्ञानीक र पारदर्शी ढंगले अगाडी बढाउने बताउनुहुँदै संगठनको विकास र बिस्तारमा समेत विशेष ध्यान पुर्‍याईने बताउनुभयो । उहाँले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलाप तथा कुनै पनि आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाईएमा त्यस्ता कर्मचारीहरुलाई कुनै पनि हालतमा नछाडीने बताउनुहुँदै कमाण्डर तहका अधिकृतहरुलाई कार्ययोजनाका साथ मातहत कर्मचारीहरुलाई उच्च मोरालमा राखी परिचालित गरि नियमित अनुगमन गर्न समेत निर्देशन दिनुभयो । महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थलाई थाती राखी राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु एकजुट भई सामुहिक भावनकासाथ लाग्नुपर्ने बताउनुहुँदै संगठनबाट के लिन सक्छु भन्दा पनि संगठनलाई के दिनसक्छु भन्ने भावनाकासाथ व्यावसायिक भई कार्यसम्पादनमा लाग्न निर्देशन समेत दिनुभयो । उहाँले वान जनरल वान कन्सेफ्टको नीति लागू गरी संगठनलाई अगाडी बढाईने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुको हितका लागि मौजुदा कल्याणकारी कार्यहरुलाई समेत समय सापेक्ष परिमार्जन गर्दै बृहत हितका लागि योजनाकासाथ काम गर्ने बताउनुभयो । महानिरीक्षक अर्यालले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुहुँदै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटिदा सभ्य र अनुशासित भई जिम्मेवारी निर्वाहमा क्रियाशिल रहन निर्देशन दिनुभयो । सो समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।