Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्नकाठमाडौं, चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा चैत्र २६ गते सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न भएको छ । बिहान ७ बजेर ३१ मिनेटको पुजाको संकल्प साइतमा गरिएको सो पुजामा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गर्नुभएको सो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजामा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त पुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बल नेपालले चैतेदशैंको अवसरमा परम्परागत रुपमा हरेक वर्ष निशान, कोत तथा मौलोपुजा गर्दै आएको छ । त्यसअबसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।
/uploads/news/yffbfXjOiAPufoRXMySc6Q==.jpg
सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न
काठमाडौं, चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा चैत्र २६ गते सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न भएको छ । बिहान ७ बजेर ३१ मिनेटको पुजाको संकल्प साइतमा गरिएको सो पुजामा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गर्नुभएको सो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजामा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त पुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बल नेपालले चैतेदशैंको अवसरमा परम्परागत रुपमा हरेक वर्ष निशान, कोत तथा मौलोपुजा गर्दै आएको छ । त्यसअबसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।