सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ |
मोरङ्ग, मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित नम्बर १ घाट ईलाकबाट फागुन ५ गते सशस्त्र प्रहरीले करीव ४ लाख ८४ हजार रुपैयाँ बराबरको २६ कार्टुन पानमा प्रयोग हुने सामानसहित सप्तरी जिल्लाको तिरहुत गाउँपालिका ६ बस्ने २६ वर्षिय शेवकलाल सदालाई पक्राउ गरेको छ । भारतबाट को १ त ६६३० नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले पक्राउ गरेको हो । पक्राउ परेका सदालाई बरामद सामान तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ । बरामद सामान तथा ट्याक्टरको जम्मा भन्सार दाखिला मुल्य ९ लाख ९९ हजार रुपैयाँ रहेको छ । |