सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
अवैध काठ बरामद |
रौतहट, रौतहट जिल्लाको गजुरा नगरपालिका ३ सिम्रीस्थित जंगलरौया सामुदायिक वन ईलाकाबाट कार्तिक २८ गते करीव ९९ हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरिएको छ । उक्त सामुदायिक बनबाट अवैध रुपले कटान गरी ना ५ च ७६९४ नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल फरवार्ड वेश जंगलरौया तथा स्थानीय सव–वन डिभिजन कार्यालयको कर्मचारीको संयुक्त टोलीले बरामद गरेको हो । त्यसवेला उक्त ट्याक्टर समेत बरामद गरिएको छ । बरामद काठ वन डिभिजन कार्यालय चपुरमा बुझाईएको छ । उक्त ट्याक्टरको भन्सार दाखिला मुल्य ७ लाख रुपैयाँ रहेको छ । |