सशस्त्र प्रहरी बलमा कार्यरत राष्ट्रसेवकहरुका धर्मपत्नीहरु संगठित भई सामाजिक सेवा¸ विभिन्न दैवी विपत्तिहरुमा परेका पीडितहरु¸ उद्दार¸ सामाजिक विकृतिहरु उन्मुलन एवं समाजमा पिछिडिएका वर्गहरुको उत्थान¸ शिक्षा स्वास्थ्य¸ खेलकुद लगायत अन्य विविध कार्यहरुमा संलग्न रही नेपाल राष्ट्रको सर्वाङ्गीण विकासमा नारी जातिले खेल्ने भूमिकालाई थप उर्जा प्रदान गर्ने उद्देश्य राखी मिति २०५९ आषाढ १७ गते “सशस्त्र प्रहरी परिवार महिला संघ” समाज कल्याण परिषद् मा दर्ता भई विधिवत् रुपमा स्थापना भएको मुनाफा रहित संस्था हो । यसको मूख्य कार्यालय सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुको हाता बाहिर रहेको भवनमा छ । स्थापना कालदेखि नै यस संस्थाले विविध किसिमका सीपमूलक तालिम¸ स्वास्थ्य शिविरको आयोजना¸ वृद्धाश्रमहरुलाई वार्षिक तथा अर्ध-वार्षिक रुपमा सहयोग¸ वीरगति प्राप्त अमर सशस्त्र प्रहरी तथा कर्तव्य पालनका शिलशिलामा ज्यान गुमाउने सशस्त्र प्रहरीका सन्तानहरुलाई आवासीय रुपमा छात्रवृत्ति¸ निजका परिवारलाई विविध सीपमूलक र आयमूलक तालिम प्रदान गर्ने तथा अन्य आर्थिक सहयोग संचालन गर्दै आईरहेको छ ।
सि.नं. | पद | नामथर |
---|---|---|
१. | अध्यक्ष | श्रीमती सरिता कणेल खनाल |
२. | उपाध्यक्ष | श्रीमती ज्योती के.सी. |
३. | उपाध्यक्ष | श्रीमती सिता थापा |
४. | उपाध्यक्ष | श्रीमती दिपा पौडेल |
५. | सदस्य-सचिव | श्रीमती सरस्वती पाण्डे |
६. | कोषाध्यक्ष | श्रीमती सुनिता श्रेष्ठ |
७. | सह-सचिव | श्रीमती सावित्री पौडेल |
८. | सह-कोषाध्यक्ष | श्रीमती लक्ष्मी श्रेष्ठ पोख्रेल |
९. | सदस्य | श्रीमती रेणु थापा |
१०. | सदस्य | श्रीमती शान्ति पौडेल |
११. | सदस्य | श्रीमती टिका पोखरेल |
१२. | सदस्य | श्रीमती ओम कु. थापा मगर |
१३. | सदस्य | श्रीमती सुशीला देवी गैह्रे |
१४. | सदस्य | श्रीमती शिला मल्ल |
१५. | सदस्य | श्रीमती प्रार्थना के.सी. थापा |
१६. | सदस्य | श्रीमती लक्ष्मी अधिकारी |
१७. | सदस्य | श्रीमती प्रतिभा हमाल |
वि.सं. २०५९/०३/१७ - वि.सं. २०५९/१०/१२
वि.सं. २०५९/१०/१२ - वि.सं. २०६३/०१/२८
वि.सं. २०६३/०१/२९ - वि.सं. २०६६/०१/२०
वि.सं. २०६६/०१/२१ - वि.सं. २०६८/०३/३१
वि.सं. २०६८/०४/०१ - वि.सं. २०६८/०४/१४
वि.सं. २०६८/०४/१५ - वि.सं. २०६८/१२/२८
वि.सं. २०६८/१२/२९ - वि.सं. २०७२/०९/०२
वि.सं. २०७२/०९/०३ - वि.सं. २०७३/११/०३
वि.सं. २०७३/११/०४ - वि.सं. २०७४/१२/२८
संघकी नवनियुक्त अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यूको पदावली पश्चात् अध्यक्षज्यूको साथमा अन्य संघका पदाधिकारीज्यूहरु ।
संघकी नबनियुक्त अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यूलाई संघमा स्वागत गर्नुहुँदै संघका पदाधिकारीज्यूहरु ।
संघमा आफ्नो पदभार ग्रहण गर्नुहुँदै संघकी नबनियुक्त अध्यक्ष श्रीमती सरिता कणेल खनालज्यू ।