सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट नम्बर ७ बाहिनी कैलालीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७५’ प्रदान

02nd November, 2018
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ६ स्वर्ण, ६ रजत र ९ कास्य पदकसहित कुल २१ पदक प्राप्त गरी ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७५’मा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय कैलाली नम्बर ७ बाहिनीलाई कार्तिक १६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहका बीच ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७५’ तथा ५० हजार नगद पुरस्कार प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितीको आयोजनामा यही कार्तिक ११ गतेबाट संचालन भएको सो प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ३ कास्यसहित सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय सुनसरी नम्बर १ बाहिनी दोश्रो तथा ३ स्वर्ण पदकसहित सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय कास्की नम्बर ४ बाहिनीले तेस्रो स्थान हासिल गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले शुक्रबार प्रतियोगिताको बिजयी टिम तथा खेलाडीहरुलाई पदक तथा पुरस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा उहाँले राष्ट्रिय सुरक्षाका साथै आम नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत विपद्मा उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपाल निरन्तर कृयाशिल रहदै आएको चर्चा गर्नुहुदै त्यसका अतिरिक्त नेपालको खेलकुद क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आईरहेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले खेलकुद र फौजी जीवनबीच अन्योन्याश्रित सम्बन्ध रहने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुबीच यस्ता प्रतियोगिताको माध्यमबाट आपसी सहयोग, भाईचारा र बन्धुत्वको भावना विकास हुने अवसर समेत प्राप्त हुने बताउनुभयो । उहाँले खेलकुदले व्यक्तिको शारिरीक स्फुर्ती बढाउनुको साथै व्यक्तिगत अुनशासन र सामुहिक भावनाको विकास हुने चर्चा गर्नुहुँदै पराजित टिम तथा खेलाडीहरुले आफ्नो पराजयलाई आत्मसाथ गर्न र विचलित नभई कमी कमजोरी सुधार गरी पुनः जीतका लागि तयारी गर्न समेत सिकाउने बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालले स्थापना कालदेखि नै नेपाल एपीएफ क्लव मार्फत विभिन्न खेलहरुलाई समावेश गराउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरी समग्र राष्ट्रको खेलकुदको विकासमा टेवा पु¥याउँदै आईरहेको बताउनुभयो । उहाँले प्रतियोगिताको मूल उद्देश्य देशभर छरिएर रहेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुमध्येबाट प्रतिभावान खेलाडी पहिचान गर्ने रहेको बताउनुभयो । सो प्रतियोगितामा फुटबल, भलिबल लगाएत एथ्लेटिक्सका खेलहरुमा गरी ४० जना महिला खेलाडीसहित कूल ४ सय १९ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान टिम र सशस्त्र प्रहरी बल नेपालका ८ वटै मुख्यालय बाहिनीहरु गरी कूल ९ टिमको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बल नेपालले राष्ट्रिय स्तरको भलिबल, ब्याडमिन्टन र लनटेनिस प्रतियोगिता संचालन गर्दै आईरहेको छ । समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु वासुदेव वली, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, दुर्जकुमार राई तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी लगाएत नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाही र अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले विजयी खेलाडी, रेफ्रि र व्यवस्थापकहरुलाई पदक तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4