एपीएफ टोलीद्वारा अवैध सामान बरामद

01st November, 2018
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ राजापोखरीस्थित सीमा ईलाकाबाट कार्तिक १४ गते एपीएफ टोलीले करीब २ लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक निरन थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । भारतबाट अवैध रुपले भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित लत्ताकपडा बरामद गरिएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी सुनसरी जिल्लाकै बर्जु गाउँपालिका ३ अमडुवास्थित सीमा ईलाकाबाट कार्तिक १४ गते एपीएफ टोलीले करीब २ लाख ७५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिद्युतीय सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट अमडुवाबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । बरामद सामाग्री एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4